प्रतिपक्षविहीन राजनीतिलाई जीवन्त राख्ने जिम्मा लेखक, कलाकार, पत्रकार र स्वतन्त्र नागरिक सम्मिलित सचेत समुदायको हुन्छ ।
‘तीन तिकडमबाज’ को कलाविहीन नाटकले नेपाली जनताको उल्लेख्य हिस्सा वाक्कदिक्क भइसकेको थियो । तीमध्ये शर्मा ओली सबभन्दा ठूलो खलपात्र किन पनि देखिन्थे भने, दुई दशक अगाडिको तौलेर बोल्ने राजनीतिकर्मीबाट उनी मनपरी बोल्ने र मनलागी गर्ने नृजातीय मुख्तियारमा रूपान्तरित भइसकेका थिए ।
सेप्टेम्बर ८–९ मा रोपिएको तातो हावाले राजनीतिक हुरी सिर्जना गरेको थियो, त्यसको बलमा वालेन्द्र शाह निर्वाचित अधिशासक भए । कहीँ अब उनी भू–सामरिक बीउ छरेर दक्षिण एसियाली भू–राजनीतिक भुमरीको बाली भित्र्याउँदै सत्तामा लामो कालसम्म टिकिरहने दाउमा त छैनन् ?
रुचि आफैंमा राजनीतिक हुन्छ, किनभने यसले प्रतीकहरूको माध्यमबाट एउटा गहिरो दूरी निर्माण गर्छ– शासक र शासितबीचको दूरी, पवित्रता र प्रदूषणबीचको रेखा, अनुशासन र विलासिताबीचको पर्खाल अनि सभ्यता र अराजकताबीचको खाडल आफैं प्रस्टिन थाल्छ ।
प्रचण्ड बहुमतले दिएको विशेषाधिकारसँग अपार जनअपेक्षाको भार, नैतिक उत्तरदायित्वको बोझ र अहंकारको जोखिम एकसाथ जोडिएर आउँछ ।
सम्भ्रान्तका लागि सुन्दरताको परिभाषा तिनको शक्तिद्वारा संरक्षित आवास परिसरभित्र समेटिएको हुन्छ । सामान्यजनका लागि जे आवश्यक, उपयोगी र आकांक्षाको परिधिभित्र पर्छ, त्यो नै सुन्दर हो । मध्यमवर्गको सौन्दर्य चाहनाले भने अधिशासकीय सोचलाई प्रवर्द्धन गर्ने रहेछ ।
सरकारका अतार्किक जस्ता लाग्ने निर्णयहरू अनुभवको अभावबाट नभएर सम्भाव्य असमायिक बहिर्गमन अगाडि केही गरेर देखाउने आवश्यकताबाट उब्जिएको लाग्न सक्छ ।
जवाफदेहिता सिद्धान्तको प्राथमिक मान्यता के हो भने कमजोरले शंकाको लाभ पाउँछ, तर पदासीन शक्तिशाली व्यक्तिको प्रत्येक लाभलाई शंकाको दृष्टिकोणबाट विवेचना गरिनुपर्छ।
इतिहासले व्यक्तिलाई नायक त बनाउँछ तर पद्धतिले मात्र नायकलाई शासकबाट राजर्षि बनाउन सक्छ ।
त्यसैले उल्लास नभए पनि उत्साह जगाएर मतदान गर्नु जिम्मेवार नागरिकको कर्तव्य हुन जान्छ । हुन त ‘माथिको कुनै पनि होइन’ वा ‘मत दिन चाहन्न’ (नो भोट) जस्ता विकल्प नरहेकाले बहिष्कारको अधिकारलाई होच्याउन मिल्दैन, तर शान्तिस्वस्तिको परम्परागत विधि आफैंमा एउटा उद्देश्य पनि हो ।