अमेरिकी प्राध्यापक फ्रान्सिस फुकुयामाले एउटा उत्तर आधुनिक दार्शनिक भाष्य निर्माण गरेका थिए, ‘संसारको अन्त्य’ । सात दशक पुरानो साम्यवादी सत्ता सोभियत संघको विघटनपछि उनको यो अवधारणा सार्वजनिक भएको थियो । दुई ध्रुवमा विभाजित विश्व महाशक्ति केन्द्र अबउप्रान्त नरहने र उदार पुँजीवादको एकछत्र राज हुने उनको आकलन थियो । तर त्यो सत्य साबित भएन ।
नेपाल संवत्अनुसार दसौं महिना (श्रावण प्रतिपदादेखि भाद्र प्रतिपदासम्म) हो– गुँला । वैष्णव र हिन्दुको नागपञ्चमी, कलकी जयन्ती, गौरा पर्व, ऋषि तर्पणी, रक्षा बन्धन, गाईजात्रा, जन्माष्टमी, नृसिंह जात्रा, भीमसेन जात्रा, पितृऔंसी सबै यसै बेला पर्छ । विशेषतः प्राचीन नेपाल मण्डलभित्रका नेवार समुदायका लागि बौद्ध विहारहरूमा सम्यक् बुद्धमूर्ति प्रदर्शनि (बजिद्यः ब्वये), ब्याँजानके (भ्यागुतो पूजा), सिलुतीर्थ यात्रा, क्वातिपुन्हि (गुन्हुपन्हि), कुम्भेश्वर मेला, सायाः, मतयाः, दथुसायाः, हिले वा रोपाइँ जात्रा, यल पञ्जरां (ललितपुरे पञ्चदान), पञ्चदान आदि महत्त्वपूर्ण अवसर यसै महिनामा पर्छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा तयार गरिएको भ्रष्टाचार सम्बन्धी अन्तर्राष्ट्रिय सूचकांक–२०२२ अनुसार, आर्थिक अनियमितता, भ्रष्टाचार, कुशासनका क्रममा एसियाली देशहरू चीन, भारत, श्रीलंका, थाइल्यान्ड, भियतनाम, सुरिनाम, माल्दिभ्स, पूर्वी टिमोरभन्दा पनि नेपालको अवस्था गएगुज्रिएको छ ।
राष्ट्रिय राजनीतिक वृत्तमा पहिचानको मुद्दा फेरि एक पटक विशद चर्चाको विषय बनेको छ । पूर्वीय प्रादेशिक क्षेत्रको नामांकन कोशी प्रदेशका रूपमा रहने गरी निर्णय भएयता त्यसप्रति असहमति प्रकट गर्दै सडक तताउने काम भइरहेको छ । त्यस भूभागका रैथाने समुदायहरू एकत्रित रूपमा त्यस निर्णयविरुद्ध संघर्षरत छन् ।
ललितपुर जावलाखेलमा भोटो देखाइसकेपछि बुंगद्यः (रातो मच्छिन्द्रनाथको जात्रा) सम्पन्न हुन्छ । कहीँ न कतै वर्षैभरि सांस्कृतिक गतिविधि भइरहने नेपालमण्डलभित्रको खास विशेषता हो– जात्रा–उत्सव । बुंगद्यः पनि तीमध्ये एक हो । तर, जब जात्राभित्रको रीति, परम्परा, व्यवस्था र आस्थाका आयामहरूको अध्ययन गरिन्छ, तब बुंगद्यः केवल एक उत्सव वा लोकव्यवहारमा मात्रै सीमित रहँदैन ।
सर्वविदितै छ, पशुपतिनाथ शैव र हिन्दुहरूका एक प्रमुख आराध्यदेव हुन् र पशुपति क्षेत्रलाई सोही अनुरूप व्याख्या पनि गर्ने गरिन्छ । वागमति नदीको पूर्व–पश्चिम दुई सय चालीस हेक्टरमा फैलिएको श्लेष्मान्तक वनलाई पाशुपत रूप धारण गरेका महादेवको क्रीडास्थल भनिएको छ । गोपालराज वंशावली अनुसार त्यहाँ कुनै समय ज्वलनशील ग्यास निस्किन्थ्यो, आगोको मुस्लोजस्तै । नेप नामक ग्वालाले त्यसको भेउ पाएको थियो ।
बौद्ध समुदायको महिनाभरिको गुँला पर्व टुंगिएर भदौ प्रतिपदाका दिन बुद्ध–पूजा र वनभोजका क्रममा उपत्यकाका रैथानेहरू साँझ अवेरसम्मै स्वयम्भू डाँडा वरपर रमाइरहेका थिए । अचानक उनीहरूको ध्यान तानियो सहरबीचको बस्तीमा । हेर्दाहेर्दै आगोको मुस्लोले आकाश राताम्मे देखियो, धूवाँका लप्का पनि उत्तिकै सलबलाइरहेका थिए ।
काठमाडौं सहरको भित्री भाग इन्द्रचोकबाट भेडासिं भई उत्तरतिर लाग्ने एउटा सीधा बाटो छ, जुन माथितिर बांगेमुढा हुँदै ठँहिटि पुग्छ । त्यसो त उपत्यकाको नगरीय संरचना अन्तर्गत यस्ता बाटा, चोक, दोबाटा, बहाः, बहिहरू थुप्रै भेटिन्छन् ।
पेसाले विशुद्ध प्राविधिक पद्मसुन्दर जोशीको किताब ‘हिति प्रणाली’ को मूल विषय हो– हिति अर्थात् ढुंगेधारा । सचित्र अनि आकर्षक कलेवरमा छापिएको यो किताबमा इतिहास, वर्तमान र भविष्य गरी तीन कालखण्ड लेखिएको छ । यसमा सात मूल शीर्षक छन् ।
मूर्ति चोरी – आरम्भिककालचिसोको महिना, मध्यरात ! अप्रत्याशित ढंगले मन्दिरका घण्टाहरू बज्न थाले । चर्को आवाज रातको नीरवता चिर्दै बजिरह्यो र नगरवासीको निद्रा खुल्यो । आवाज कुन दिशाबाट आइरहेको हो, स्पष्ट थियो । नगरको उत्तरदिशा डाँडामाथि थियो– बज्रयोगिनीको मन्दिर । त्यसै मन्दिरको ठूलो घण्टाबाट निस्किरहेको थियो– आवाज ।