भारतीय वनस्पतिविद् एम. साबु, सरोजकुमार कसजू र साजन सुवेदीले अगस्ट २०२३ मा सुर्खेतमा बेसारसम्बद्ध एउटा नयाँ प्रजाति क्युकुमा नेपालेन्सिस पत्ता लगाए (एन्नल्स बोटानिकाई फेनिकाइज जर्नल, भोल्युम ६०, अंक १) । कसजू र सुवेदीले यसको जरा–गानो काठमाडौं ल्याएर गमलामै फुलाए ।
प्राध्यापक महेन्द्र महर्जनले मर्निङवाकका क्रममा काठमाडौंको थानकोटस्थित एउटा ब्याडमिन्टन कोर्टनजिक न्याउरी मुसाजत्रो जनावर अंगभंग भएको अवस्थामा फेला पारे । त्यो अगस्ट २०२१ को कुरा थियो ।
विश्वका लागि नेपालबाट जंगली केराको नयाँ प्रजाति थपिएको छ । गौरव परमार, दीपक लामिछाने, हेमराज पौडेल र एना ट्रायस–ब्लासीले उक्त केराको वैज्ञानिक नाम ‘इन्सेट नेपालेन्स’ राखेका छन् । यसबारे वनस्पति अध्ययन–अनुसन्धान क्षेत्रमा संसारकै प्रतिष्ठित संस्था रोयल बोटानिकल गार्डेन क्यु लन्डनको क्यु बुलेटिन, मे २०२३ अनलाइन संस्करणमा प्रकाशित छ । यसको प्रिन्ट संस्करण आगामी सेप्टेम्बरमा प्रकाशित हुनेछ ।
कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामार्फत संघीय तथा सुदूरपश्चिम प्रदेश सरकारको वनमन्त्रीज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । धनगढीका मेयर गोपाल हमालले संघीय सरकारमातहत रहेको देवहरिया वनस्पति उद्यानले निर्माण सम्पन्न गर्न लागेको पर्खाल गत शुक्रबार डोजर लगाई भत्काएको तस्बिर सहितको समाचार एक अनलाइनमा प्रकाशित छ ।
हिन्दु धर्मशास्त्रअनुसार, ब्राह्मण मात्रै ऋषि हुन्थे । क्षत्रीचाहँ कठोर तपस्याका बलमा ऋषि कहलिन्थे । क्षत्री ऋषि भएको कथा वामन शिवराम आप्टेले सन् १८९० (पुनर्मुद्रित सन् २००९) मा लेखेको ‘संस्कृत–हिन्दी कोष’ मा उल्लेख छ ।
अर्किड्सका फूल सुन्दर हुन्छन् । जति सुन्दर हुन्छन्, उत्तिकै बहुमूल्य । जैविक औषधीय रसायन खोजकर्ताले यसका पात, जरा गानो/ट्युबर, काण्ड गानो (सिउडोबल्ब) बाट महत्त्वपूर्ण औषधि बनाएका छन् । त्यसैले अत्यधिक रूपमा संकलन भई यसको अवैद्य व्यापार हुने गरेको छ ।
केहीअघि सुनसरीको रामधुनी नगरपालिका–६ स्थित आफन्त टोल तथा कुमरखत सामुदायिक वनमा औट्याङ्गाको बिरुवा रोपिएको थियो । गत वर्ष इटहरीका मित्र माधव कोइरालाले जंगली फल भन्दै यसको बोट देखाएका थिए, जुन १२/१५ फिट अग्लो थियो । ६–७ वर्षअघि कतैबाट ल्याएर रोपिएको रहेछ ।
जंगली याक नेपालको कानुन अनुसार संरक्षित वन्यजन्तु हो । एक दशकअघिसम्म यो वन्यजन्तु नेपालमा पाइन्छ वा पाइन्न भन्ने स्पष्ट थिएन । नेपालमा कसैले देखेको विवरणसमेत प्रकाशित भएको थिएन । सन् २०१३ मा ‘प्रकृतिका साथीहरू’ संस्थाका अनुसन्धानकर्ताहरू हुम्लाको लिमी उपत्यका पुगेका थिए । उनीहरूले त्यहाँको थुंगलिङ गाउँमा जंगली याकको टाउको र छाला फेला पारे ।
लिम्बूको आदिमकालको बसोबासस्थल संखुवासभास्थित अरुण खोला पूर्वको हिमाली तथा पहाडी भेग हो । त्यहाँका ओढार, ढुंगा, पहाड, खोला, पोखरी, बोटबिरुवा तथा जनावरसँग लिम्बूका प्रागैतिहासिक कालदेखिका कथा जोडिएका छन् । तिनै कथालाई समग्रमा मुन्धुम भनिन्छ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले मुन्धुमले चर्चेका ठाउँहरूलाई मुन्धुमी पदमार्गका रूपमा स्थापित गर्न स्थलगत अध्ययन सुरु गरेको छ ।