२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

सुरेश ढकाल

सुरेश ढकालका लेखहरु :

लोहाकोटका शिल्पीको फलामे अनुष्ठान

फलाम खानीको खोजी : एक अतिरिक्त कथासन् १९९७ को एक हिउँद । वर्गेन विश्वविद्यालय, नर्वेमा एमफिल पढिरहेका हामी दुई भाइ (सुमन र म) तुम्लिङटार झरेका थियौं– फलामको कथा खोज्न । चितवनका केही पहाडी क्षेत्र घुमघाम गरी फर्केलगत्तै विश्राम पनि नलिई हामीले तुमलिगङ्टार, संखुवासभाको टिकट काटेका थियौं । त्यसबेला विश्वविद्यालयमा बुझाउने शोधपत्रका लागि अनुसन्धान–तयारी गरिरहेका थियौं ।

गाउँ नभएको मान्छेको बयान

तपाईं गाउँ नजाने ? दसैंको रौनक सुरु भएसँगै मान्छेहरूमा बेग्लै उमंग छाउँछ । शारदी बतासमा फैलिएको मौसमी फूलको सुवास र मालश्री धुनको संगमले मानौं वातावरणमा मादकता सृजना गर्छ । मन–मस्तिष्कलाई लठ्ठ पार्ने जादु हुन्छ त्यस्तो मादकतामा । प्रकृति र संस्कृतिको यस्तो अनुपम मिलाप सायदै अन्य समयमा जुर्छ ।

पांग्रामा गुडिरहेको सभ्यता

पांग्राको आविष्कार सभ्यताको मानक कथा हो । यो त्यस्तो प्रविधिको आविष्कार थियो, जसले मानव सभ्यतालाई आजको उन्नत अवस्थासम्म यात्रा गरायो । संस्कृतिको उद्विकासमा छोटो अवधिमै लामो दूरी तय गर्न मान्छेको अन्य प्राविधिक आविष्कारका तुलनामा पांग्राको योगदान महत्त्वपूर्ण छ । महाभारतको रथदेखि सुपर–सोनिक जेटको कथा खासमा पांग्राबिना सम्भव थिएन । प्रविधि युगको आदिकथा हो– पांग्राको कथा : यो सामान्य पांग्राको केही असामान्य फुटकर कथा हो ।

एक झिल्को आगो, एक भव्य सभ्यता

मान्छेको कथाको अहं र अभिन्न कथांश हो– पृथ्वीमा आगोको यात्रा । न्यानो र उज्यालोको भरपर्दो स्रोत आगोले मान्छेको सांस्कृतिक उद्विकासमा लाखौं वर्षदेखि आकार दिँदै आएको छ । मान्छेका आदिपुर्खाले कहिलेदेखि आगो प्रयोग गर्न थाले ? कहिलेदेखि आगो बनाउन सिके ? आगो कसरी आविष्कार गरे ? यसको तिथिमिति ठ्याक्कै भन्न त सकिन्न, तर आगोको यात्रा–कथाले मानवजातिको सभ्यता र सांस्कृतिक विकासको महत्त्वपूर्ण कहानी बताउन सक्छ ।

मान्छेले देउता बनाए कि देउताले मान्छे ?

बहस एउटा प्रश्नबाट सुरु गरौं– मान्छेले देउता आविष्कार गरे कि देउताले मान्छे ? यो एक रुचिकर प्रश्न मात्रै होइन अवधारणागत बहसको विषय पनि हो । पुरातत्त्वविद्, मानवशास्त्रीले हालसम्म गरेका केही अध्ययनबाट प्राप्त प्रमाणका आधारमा धर्म र देउताको अवधारणागत विकासमाथि यस लेखमा केही चासो जाहेर गरिन्छ । 

जब सिकारी किसान बने  

आफ्नो एउटा घर र केही जग्गा होस् ! केही सम्पत्ति र बैंक ब्यालेन्स ! सानो सुखी परिवार अनि ती सबैको सुरक्षा गरिदिने एउटा सबल राज्य ! आजको मान्छेको समृद्धिको काल्पनिकीमा सायद यी आधारभूत विषय हुन् । तर, मानवशास्त्री मार्सल सालिनले जुन प्राकृत समृद्ध समाजको परिभाषा गरे तिनमा माथि लेखिएका कुनै पनि सूचक थिएनन्, त्यहाँ परिवार, निजी सम्पत्ति र राज्यको अस्तित्व निर्माण भइसकेको थिएन ।

स्वच्छन्द सिकारी युगका महिला

मान्छेको सांस्कृतिक पहिचान निर्माणको कथा निकै रोचक छ । श्रम र बुद्धि प्रयोग गरी औजार निर्माण वा प्रयोग थाल्नु उसको सांस्कृतिक पहिचान निर्माणको प्रस्थानविन्दु थियो ।