कारोना महामारीका कारण लामो समय बन्द भएका शिक्षण संस्थाहरू खुलेपछि विद्यार्थी तथा अभिभावकमा छाएको खुसियाली फेरि सेलाउन थालेको छ । कोरोनाको दोस्रो लहरका कारण दैनिक जीवनका विविध पक्षसँगै शैक्षिक क्षेत्र अझ बढी प्रभावित हुने देखिन्छ ।
विद्यावारिधि अनुसन्धानको अन्तिम चरणमा पुगेकी एक मित्रले भनेकी थिइन्, ‘यो काम सम्पन्न भएको दिन त म ढोका थुनेर नजानी–नजानी पनि मज्जाले नाच्छु ।’ अनुसन्धान कार्यका विभिन्न चरणका प्रक्रियामा विज्ञहरूका जुँगाको लडाइँका कारण आफूले खेप्नुपरेको सास्तीका कारण उनले त्यसरी दुखेसो पोखेकी थिइन् ।
मुलुकको राजनीति अहिले अस्थिर मात्र नभएर दिशाविहीन र सिद्धान्तविहीन पनि बनिरहेको छ । त्यसैले त पूर्णतः भौतिकवादमा विश्वास गर्ने; मार्क्स, लेनिन, माओ आदिका अनुयायी नेपाली वाम नेताहरू धर्मका नाममा राजनीति गर्न लागिपरेका छन् ।
निरन्तर बढ्दो जाडोले वातावरण जति कठ्यांग्रिँदै छ, राजनीतिक परिस्थितिबारे बहस पनि त्यति नै तात्दै छ । चोक, बजार, चौतारो या चियापसल सबैतिर सुनिने बहसको पक्ष–विपक्ष भने एकै प्रकारको छ– ‘प्रधानमन्त्रीले यस्तो असंवैधानिक निर्णय गर्न हुँदैनथ्यो,’ ‘किन हुँदैनथ्यो ?’
लामो समयदेखि हामी सबैको साझा समस्याका रूपमा रहँदै आएको छ– कोरोना महामारी र त्यसको सन्त्रासमय परिवेश । लामो समयको बन्दाबन्दीले सिर्जिएको असहज परिस्थितिमा जकडिएका हामी अहिलेको खुला वतावरणमा पनि दिनानुदिन फैलँदै गएको संक्रमणका कारण सन्त्रस्त नै छौं ।
केही दिनअघि सामाजिक सञ्जालभरि अनौठो परिदृश्य देखियो । खै के–के हो च्यालेन्ज भन्दै फोटो प्रदर्शनीको होडबाजी चल्यो । भर्खरका अल्लारे तथा आफूलाई ‘मोडल’ भन्न रुचाउनेहरूको त कुरै छोडौँ, समाजका विविध क्षेत्रमा स्थापित व्यक्तित्व, बौद्धिक वर्गदेखि देश हाँक्न तम्सिएका नेताहरूसमेत ‘जोडी ढुकुर’ बन्दै फिल्मी शैलीमा प्रस्तुत भए ।
म जिन्दगीभर हिँडिरहें तर कहीँ पनि पुगिनछु... । कुनै समय रेडियोबाट बजिरहने यही गीतजस्तै भएको छ हामी नेपालीले थालेको परिवर्तनको यात्रा ! किनकि, हामी अझै पनि जहाँको तहीँ छौं !
विश्वपरिवेशमा नारी अस्तित्व र पहिचानको सन्दर्भ उठान गर्दै नारीवादी चिन्तनको आरम्भ भएको दुई शताब्दी पुग्दै छ । यसै क्रममा हामीकहाँ पनि महिला उपेक्षाको नभएर महत्त्वको विषय बनेको छ । महिला हक–अधिकारका विषयमा यो महत्तम उपलब्धि हो । अहिले तुलनात्मक रूपमा पाश्चात्य जगत्का महिला पितृसत्ताको बन्धनबाट मुक्त भएर स्वतन्त्र जीवनयापन गरिरहेका देखिन्छन्, तर हामीकहाँ पितृसत्ताको दुष्प्रभाव जति छ त्यति नै नारी स्वयंले आफ्नो अस्तित्व र पहिचानबोध गर्न सकेका छैनन् ।