किड्स काभ्रे-२ को उपाधि सज्बी, आगमन, निष्मा र विषमलाई

ज्योति श्रेष्ठ

काभ्रे — ट्यालेन्ट सो किड्स काभ्रे ‘२’ सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको किड्स काभ्रे ‘२’ अन्तर्गत गरिएको सिनियरतर्फ सज्बी श्रेष्ठ र आगमन श्रेष्ठ विजयी भएका छन् । त्यस्तै जुनियतर्फ निष्मा बस्नेत र विषम सिग्देलले जित हात पारेका छन् । 

यसैगरी सिनियरतर्फ स्पेन्जल शाही र शिरिषमान कपाली फर्स्ट रनर अप भएका छन् भने जुनियरतर्फ अनुष्मा पहरी र विवेश मानन्धर फर्स्ट रनर अप भएका छन् । यस्तै सेकेन्ड रनर अपमा सिनियरतर्फ उषा मोक्तान र कौस्तुभ दाहाल र जुनियरतर्फ नवश्री विष्ट र प्रनव मानन्धर रहेका छन् ।

विजेताहरुलाई ट्रफी, टोपी, फ्रेमलगायत थुप्रै आकर्षक पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको उद्घाटन वाग्मती प्रदेशका खानेपानी ऊर्जा तथा सिचाईं मन्त्री तिर्थ लामाले गरेका थिए ।


प्रकाशित : वैशाख १०, २०८० ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

बारा–२, चितवन–२ र तनहुँ–१ मा मतदान जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान जारी छ  । तीनवटै निर्वाचन क्षेत्रमा मतदानका बिहान ७ बजेदेखि मतदान जारी रहेको छ  । 

चितवन–२ को मतदान केन्द्रमा बिहान सबेरैदेखि मतदाता लाइनमा बसेका थिए । भरतपुर महानगरपालिका–३ को चमेलीदेवी स्कुलको मतदान केन्द्रमा बिहान साढे पाँच नबज्दै मतदाता आएका थिए । चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र पर्ने १० वटा वडाहरू छन् । ४३ स्थानमा १३८ मतदान केन्द्रहरू रहेका छन् ।


चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार साँझ ५ बजेसम्म मतदान केन्द्र छिरेका मतदाताले मतदान गर्न पाउने छन् । मतदान सकिएलगत्तै मतपेटिकाहरू संकलन गरेर भरतपुर ल्याइने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले गणना सुरु भएको तेस्रो दिनभित्रै अन्तिम नतिजा घोषणा गर्ने योजना रहेको बताए ।


तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । मतदान गराउन ७ सय ६० कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन् ।


बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख सरोजकुमार चौधरीका अनुसार बारा- २ का सबै मतदान केन्द्रमा ७ बजेदेखि मतदान सुरू भएको छ ।

प्रकाशित : वैशाख १०, २०८० ०९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×