नेपाल कमर्स क्याम्पसको एल्मुनाई गठन- अन्य - कान्तिपुर समाचार

नेपाल कमर्स क्याम्पसको एल्मुनाई गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — मोहनराज रेग्मीको अध्यक्षतामा नेपाल कमर्स क्याम्पस एल्मुनाई गठन भएको छ ।

राजधानीमा आइतबार आयोजित नेपाल कमर्स क्याम्पसका पूर्वविद्यार्थीहरुको भेलाले रेग्मीको नेतृत्वमा ९ सदस्यीय एल्मुनाई गठन गरेको हो ।

एल्मुनाईको सचिवमा शिवप्रसाद जैसी, सदस्यमा जानुका श्रेष्ठ, विना सुवेदी, सुजन न्यौपाने, श्याम तन्डुकार, गणेश पहाडी, तोयानाथ भट्टराई र रति थापा रहेका छन् ।

प्रकाशित : फाल्गुन १४, २०७९ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्

रोकिएको टिपरमा माइक्राे ठोक्किँदा १६ घाइते

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका- २९ सिमलतालमा आइतबार सडकमै रोकिराखिएको टिपरको पछाडि माइक्रो बस ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् ।

आइतबार दिउँसो ४ बजेर ४५ मिनेट जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे र बाँकी १४ जनाकाे अवस्था मध्यम रहेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

डीएसपी पण्डितका अनुसार नारायणगढबाट काठमाडाैंतर्फ जाँदै गरेकाे बा ३ ख ५८९१ नम्बरकाे माइक्राे बस ना ६ ख ४४९० नम्बरकाे टिपरकाे पछाडि ठाेक्किएकाे थियाे । घाइतेहरूको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७९ २०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×