१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

महालेखापरीक्षक रायद्वारा पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौँ — नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरिक्षक रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

महालेखापरीक्षक रायद्वारा पद तथा गोपनीयताको शपथग्रहण

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरुलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको सचिव रहेका रायलाई सरकारले महालेखापरीक्षक नियुक्त गरेको हो । पूर्वअर्थसचिव समेत रहेका राय प्रधानमन्त्री कार्यालयमातहतको तथ्यांक कार्यालयमा सचिव थिए । महालेखापरीक्षक नियुक्तिका लागि सिफारिस भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।



प्रकाशित : वैशाख ६, २०८१ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?