२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

धनकुटा — नेपाल पत्रकार महासंघ धनकुटा शाखाले प्रदान गर्ने टेकमुना क्रियाशील पत्रकारिता पुरस्कारबाट धनकुटास्थित कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी सम्मानित भएका छन् ।

कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

महासंघको १२ औं वार्षिक साधारणसभा तथा ११ जिल्ला अधिवेशनका क्रममा मंगलबार उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकार विदुर खवासले आफ्ना दिवंगत हजुरबुवा टेकबहादुर तथा हजुरआमा मुनादेवी खवासको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् । अधिकारीलाई दोसल्ला र नगदसहित सम्मान गरिएको थियो ।

यसैगरी पत्रकार सुखाकला राई र कविराज घिमिरेसमेत पुरस्कृत भएका छन् । राईलाई महेश्वरबहादुर स्मृति र घिमिरेलाई टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । महेश्वरबहादुर स्मृति पुरस्कार पत्रकार राजेश्वरबहादुर श्रेष्ठले स्वर्गीय पिता महेश्वरबहादुरको नाममा स्थापना गरेका हुन् ।

यस्तै, टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार समाजसेवी द्रोर्णप्रसाद गुरागाईले दिवंगत पिता माताको नाममा महासंघमार्फत अक्षयकोष स्थापना गरेका छन् ।

पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, सरिता बराइली राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित : वैशाख १८, २०८१ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?