विश्व नेपाली जनताको साथमा हुनुपर्छ : यूएनकी आवासीय संयोजक हम्दी

वैशाख १६, २०८१ २०:४४

नेपालमा संयुक्त राष्ट्र संघीय (यूएन) आवासीय संयोजक हाना सिंगर हम्दी नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सिंगो विश्वनै नेपाली जनताको साथमा हुनु पर्ने बताएकी छन् ।

स्वर्गीय खड्काको स्मृतिमा विद्याभूषण पदक स्थापना 

वैशाख १६, २०८१ २०:४०

त्रिभुवन विश्वविद्यालयले आफ्ना पूर्व प्राध्यापक प्रदिपकुमार खड्काको स्मृतिमा विद्याभूषण पदक स्थापना गरेको छ । त्रिभूवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजाल र प्राध्यापक प्रदीपका छोरा विमल खड्काबीच शुक्रबार पदक स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

भ्रामक सामग्री सम्प्रेषण गर्ने अनलाइनका सम्पादक र कार्यक्रम सञ्चालकलाई काउन्सिलले बोलायो

वैशाख १६, २०८१ २०:३३

प्रेस काउन्सिल नेपालले सर्वोच्च अदालतका न्यायाधीश र प्रतिष्ठित मिडियाबारे भ्रामक समाचार सामग्री तयार पारेर सम्प्रेषण गर्ने 'सिधा कुरा' नामक अनलाइनका सम्पादक र कार्यक्रम सञ्चालकलाई सम्प्रेषण भएको सामग्री पुष्टि हुने आधार/प्रमाणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रेरित गछौँ : सीआईडीसीएका प्रमुख लुओ

वैशाख १६, २०८१ २०:०७

चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) का प्रमुख लुओ झाओहुईले नेपालमा लगानी गर्नको लागि चिनियाँ लगानीकर्तालाई प्रेरित गर्ने बताएका छन् ।

नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्न अमेरिका तयार : अमेरिकी राजदूत थम्प्सन  

वैशाख १६, २०८१ २०:०१

अमेरिकी राजदूत डिन आर. थम्प्सनले नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्न अमेरिका तयार रहेको बताएका छन् ।

लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय

वैशाख १६, २०८१ २०:००

विशेष अदालतले सम्पत्ति सुद्धिकरण कसुरमा ३ वर्ष कैद सजाय सुनाएको छ । इन्जिनियरिङ कलेज संचालकसमेत रहेका न्यौपानेलाई २५ करोड जरिवाना हुने फैसला सुनाएको हो । 

भारत नेपालको विकास यात्रामा विश्वासनीय साथी : भारतका वाणिज्यमन्त्री पियुष गोयल

वैशाख १६, २०८१ १९:५७

भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भारत नेपालको विकास यात्रामा विश्वासनीय साथी रहेका बताएका छन् ।

बझाङ (१) १ मा एमालेको अग्रता कायमै

वैशाख १६, २०८१ १९:५१

बझाङ-१ (१) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) को उम्मेदवारको अग्रता कायमै छ । एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६३८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६२ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ७ सय १९ मत प्राप्त गरेका छन् । 

गाउँ छिरेको पिचबाटो र बसाइँ हिँडिरहेका नागरिक

वैशाख १६, २०८१ १९:३६

-'गाउँ विकास भनि अर्बौं खर्च गरि बाटो पिच गरियो तर यो सडक गाउँलेहरु विदेशिन वा सहर बसाइँ सराई गर्न प्रयोग भएको छ।' -'हाम्रा नागरिकलाई भौतिक पूर्वाधार निर्माण बाहेक सामाजिक विकास त विकासै होइन भन्ने छ। हामीले शिक्षाको क्षेत्रमा उल्लेख्य काम गरेका छौं तर ती विकासमा गनिँदैनन् ।'

भन्सार छली गरेको १४ लाख बराबरको सामान बरामद

वैशाख १६, २०८१ १९:२०

पश्चिम नवलपरासी प्रहरीले १४ लाख बराबरको भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको छ । बिहीबार र आइतबार गरेर १४ लाख बराबरको सामान बरामद गरेको हो ।

डाक्टरलाई अभद्र व्यवहार गर्ने अस्पताल विकास समितिका सदस्य पक्राउ

वैशाख १६, २०८१ १९:१४

धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई अभद्र व्यवहार गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कानुनी सुधारले नेपालमा लगानीको वातावरण बन्छ : एफसीडीओ क्षेत्रीय निर्देशक मेलोर

वैशाख १६, २०८१ १९:१२

बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ)का क्षेत्रीय निर्देशक बेन मेलोरले नेपालमा लगानी गर्न सहज वातावरण बनाउन नेपाल सरकारले कानुन र अध्यादेशद्वारा महत्वपूर्ण आर्थिक सुधार गर्नु पर्ने बताएका छन् ।

नेपाल जोडिएमात्रै रामायण सर्किट परियोजनाले पूर्णता पाउन सक्छ : निधि

वैशाख १६, २०८१ १९:११

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष महत्वका साथ चर्चामा ल्याएको ‘रामायण सर्किट’ परियोजनाको विकासले नेपाल र भारत दुवै देश लाभान्वित हुन सक्ने सरोकारवालाहरुले बताएका छन् । श्री राम सांस्कृतिक सोध संस्थान न्यासले आइतबार नयाँ दिल्लीमा गरेको रामायण सर्किटमाथिको चर्चामा नेपालका पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले रामायणले आदि कालदेखि दुई देशलाईं जोड्दै आएको बताएका छन् । 

विद्यार्थीलाई ‘लु’ बाट जोगाउन रामग्रामका शिक्षकलाई प्रशिक्षण

वैशाख १६, २०८१ १९:०४

बढ्दो गर्मी र तातो हावाको कारण जनजीवन प्रभावित हुन थालेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका शिक्षकलाई ‘लु’ बाट जोगिने उपाय र बालवालिकालाई सुरक्षित राख्नेबारे सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको छ । तापक्रम बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामग्राम नगरपालिका र रामग्राम जेसीजले शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको हो ।

पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

वैशाख १६, २०८१ १८:३७

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ । 

भ्रामक सामग्री सम्प्रेषण गर्ने 'सिधा कुरा' विरुद्ध सर्वोच्च अदालतको 'सोमोटो', दायर भयो अवहेलना मुद्दा

वैशाख १६, २०८१ १८:३२

सर्वोच्च अदालतका न्यायाधीशललगायतविरुद्ध भ्रमक समाचार सामग्री तयार पारेर प्रसारण गर्ने 'सिधा कुरा' नामक अनलाइन र युट्युब च्यानल तथा त्यसका प्रकाशक र सम्पादकविरुद्ध सर्वोच्च अदालतले अवहेलन मुद्दा दायर गरेको छ । सर्वोच्चले 'सोमोटो' तयार पारी अवहेलना मुद्दा दायर गरेको हो । उक्त मुद्दाको पेसी सोमबारका लागि तोकिएको छ । 

चालु आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल

वैशाख १६, २०८१ १८:१६

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।

निगमको न्यारोबडी झन्डै पाँच महिनापछि उडानमा फर्कियो

वैशाख १६, २०८१ १८:१२

इन्जिन मर्मत गर्न नेपाल वायुसेवा निगमले पुस २७ गते इजरायल पठाएको न्यारोबडी जहाज शनिबार राति काठमाडौं अवतरण भएको छ । इन्जिनमा समस्या देखिएपछि यो जहाज २०८० मंसिर १४ गतेदेखि उडानमा थिएन ।

इलाम-२ उपनिर्वाचन : कांग्रेसका खड्का अगाडि, एमालेका नेम्बाङ मतान्तर घटाउँदै

वैशाख १६, २०८१ १८:०६

इलाम-२ को उपनिर्वाचनअन्तर्गत जारी मतगणतामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिइरहेका छन् । नेकपा एमालेका सुहाङ नेम्बाङ भने मतान्तर घटाउँदैछन् ।

वर्षेनी डढेलोले क्षति

वैशाख १६, २०८१ १८:०३

एक साताअघि दोधारा चाँदनी नगरपालिका–७ बाबाथानको सचिव टोलमा आगलागी हुँदा करिब १० विघा भन्दा बढीको गहुँ खेतमै जलेर सखाप भयो ।

शाक्यद्वारा राष्ट्रिय सभा सदस्यको पदको शपथ ग्रहण

वैशाख १६, २०८१ १७:५८

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनित राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले शपथ ग्रहण गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार सिंहदरबारमा शाक्यलाई राष्ट्रिय सभा सदस्यको पदको शपथ ग्रहण गराएका हुन् ।

९८ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगिसक्यो : प्रधानमन्त्री दाहाल

वैशाख १६, २०८१ १७:२२

प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगिसकेको दाबी गरेका छन् । आइतबार काठमाडौंको चन्द्रागिरिमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन तथा माता तीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उनले यस्तो दाबी गरे ।

दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले

वैशाख १६, २०८१ १७:१७

दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए । 

सबै नेपालीलाई पेन्सन योजनामा समेट्ने नागरिक लगानी कोषको तयारी

वैशाख १६, २०८१ १७:०४

नागरिक लगानी कोषले देशभरका सबै नागकिरलाई नागरिक पेन्सन योजनामा समेटने योजना बनाएको छ । बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले यस्तो जानकारी दिएका हुन् ।  उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको उनले बताए ।

रेडक्रस अनियमितता प्रकरण छानबिन गर्न समिति गठन

वैशाख १६, २०८१ १७:०४

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । 

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

वैशाख १६, २०८१ १६:४८

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

वैशाख १६, २०८१ १६:३४

कक्षा १२ को जारी परीक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले आइतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । 

पाल्पाका दर्जन बढी स्थानमा भीषण डढेलो

वैशाख १६, २०८१ १६:२७

जिल्लाका दर्जन बढी स्थानमा आइतबार भीषण डढेलो लागेको छ । तानसेन श्रीनगरडाँडाको उत्तरतर्फको जंगलमा तीन दिनदेखि डढेलो नियन्त्रण आउन नसकेको स्थानीयले बताए । गोर्खेकोटतर्फबाट लागेको डढेलो कैलाशनगर क्षेत्रसम्म आएको छ ।  

रोहितको प्रयास ब्यर्थ, वेस्ट इन्डिज ‘ए’ को रोमाञ्चक जित

वैशाख १६, २०८१ १६:०१

कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल आइतबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा १० रनले पराजित भएको छ । १६१ सय रनको लक्ष्य लिएर आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय ५० रनमात्र बनाउन सक्यो ।

बझाङ-१ (१) मा एमालेका भण्डारीलाई दोब्बर मतको अग्रता

वैशाख १६, २०८१ १५:५७

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।

स्वर्णलक्ष्मी सहकारी पीडितले दिए प्रहरीमा उजुरी

वैशाख १६, २०८१ १५:४८

स्वर्णलक्ष्मी बहुउद्देयीय सहकारी संस्थाका पीडितले आफ्नो बचत फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । आइतबार प्रहरी वृत्त कालिमाटीमा ५ सय २८ जना पीडितहरुले झण्डै १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै उजुरी दिएको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष सुमन खनालले बताए ।

सबैको पहुँचमा छैनन् पूर्वाधार

वैशाख १६, २०८१ १५:३५

बागलुङ नगरपालिकाले मुख्य बजार रहेको वडा नं २ को आबारोड, अस्पताल रोड र मरेपिपलमा पक्की नाली, सडक चौडा र फुटपाथ बनाइरहेको छ । चालु आर्थिक बर्षको नगरपालिकाको ८५ लाख र उपभोक्ताको सहभागिता समेत गरी १ करोड लागतमा फुटपाथ निर्माण भैरहेको हो।

नेप्से दोहोरो अंकले बढ्यो, २ अर्ब ६८ करोडको सेयर कारोबार

वैशाख १६, २०८१ १५:२३

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंक (१४.३३ अंक)ले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ०.७२ प्रतिशतले बढी हो ।

विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य : चेम्बर अध्यक्ष अग्रवाल

वैशाख १६, २०८१ १५:१२

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौंमा आज सुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । 

बझाङ-१ (१) मा एमाले उम्मेदवार भण्डारीलाई सुरुवाती अग्रता

वैशाख १६, २०८१ १५:०८

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।

इलाम-२ मा कांग्रेसका खड्कालाई सुरुवाती अग्रता

वैशाख १६, २०८१ १५:०१

इलाम-२ को उपनिर्वाचनमा मतगणताको पहिलो प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । यहाँ नेपाली कांग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् । 

डोल्पामा यार्सा संकलन जेठ १० देखि

वैशाख १६, २०८१ १४:४८

हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलन सुरु गर्ने निर्णय भएको छ । डिभिजन बन कार्यालयले ११ वैशाखमा गरेको सर्वपक्षीय बैठकले जेठ १० देखि यार्सागुम्बा संकलन गर्ने  निर्णय गरेको हो । 

बझाङमा पनि मतगणना सुरु

वैशाख १६, २०८१ १४:३३

बझाङमा पनि मतगणना सुरु भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा शनिवार भएको उपनिर्वाचनको मतगणना केहीबेरअघि सुरु भएको हो । 

नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

वैशाख १६, २०८१ १४:०२

कक्षा १२ को परीक्षामा सहभागी गराउन कागजात मिलाएर नक्कली परीक्षार्थी खडा गरेको आरोपमा काठमाडौं प्रहरीले धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई आईतबार प्रक्राउ गरेको छ ।

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य

वैशाख १६, २०८१ १३:५६

स्पिनरहरूको दबदबापछि नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेल जित्न १६१ सय रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६०–७ को स्कोर बनायो ।

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : पूर्वप्रधानमन्त्री देउवा

वैशाख १६, २०८१ १३:५४

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् ।

भूमहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

वैशाख १६, २०८१ १३:३७

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

न्यायाधीश र कानुन व्यवसायीमाथि निराधार लाञ्छना लगाउनु निन्दनीय : सर्वोच्च बार

वैशाख १६, २०८१ १३:१४

सर्वोच्च अदालत बार एसोसियसनले सिधाकुरा डटकममा प्रकाशित अडियो रिपोर्टबारे ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एसोसियसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे तुरुन्त छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । 

लगानी सम्मेलनमा दुई वटा सम्झौता

वैशाख १६, २०८१ १३:०४

तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई वटा विषयमा सम्झौता भएको छ । आज काठमाडौंमा आयोजित तेस्रो लगानी सम्मेलनमा दुई वटा सम्झौता भएको हो ।

न्यायप्रणाली मै आक्रमण भयो, भ्रामक सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गर : न्यायाधीश समाज

वैशाख १६, २०८१ १३:०१

न्यायाधीश समाज नेपालले सिधाकुरा डट कमद्वारा प्रकाशित/ प्रसारित भ्रामक समाचार न्यायप्रणालीप्रतिकै आक्रमण भएको उल्लेख गर्दै यसबारे आवश्यक जाँचबुझ गरी सम्बन्धित संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री दाहाल

वैशाख १६, २०८१ १२:५६

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । 

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले पहिले ब्याटिङ गर्दै

वैशाख १६, २०८१ १२:०४

वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

इलाम-२ मा मतगणना सुरु

वैशाख १६, २०८१ १२:०१

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम-२ मा  मतगणना सुरु भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको  फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो ।