विश्व नेपाली जनताको साथमा हुनुपर्छ : यूएनकी आवासीय संयोजक हम्दी

काठमाडौँ — नेपालमा संयुक्त राष्ट्र संघीय (यूएन) आवासीय संयोजक हाना सिंगर हम्दी नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सिंगो विश्वनै नेपाली जनताको साथमा हुनु पर्ने बताएकी छन् ।

विश्व नेपाली जनताको साथमा हुनुपर्छ : यूएनकी आवासीय संयोजक हम्दी

तेस्रो लगानी सम्मेलन बोल्दै उनले सन् २०२६ मा नेपालले कम विकसित मुलुकबाट स्तरोन्नतिको तयारी गरिरहेको अवस्थामा यूएन लगानी बोर्ड नेपाल र सम्बन्धित मन्त्रालयहरूसँग दिगो लगानीको प्रवाह बढाउन मद्दत गरिहरहने बताइन् ।

उनले भनिन्, ‘हामी दिगो, समावेशी र हरित अर्थतन्त्रको दृष्टिसहित बलियो व्यवसायिक अर्थतन्त्रको विकासलाई समर्थन गर्न जारी राख्नेछौं ।’

प्रकाशित : वैशाख १६, २०८१ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?