विप्रेषण उत्पादनमूलक क्षेत्रमा प्रयोग भएन भन्ने एउटा जबर्जस्त र अनुरागयुक्त भाष्य व्याप्त छ । आर्थिक रूपमा पिाधमा रहेकाहरूले वैदेशिक रोजगारीबाट कमाएको रकमलाई सञ्चित गर्ने अतृप्त र सुविचारित सोच हुँदाहुँदै पनि त्यस्तो सम्भावना कमै छ । त्यस्तै, चर्को ब्याजदरमा ऋण खोजेर उच्च लागतमा विदेश जानुपर्ने बाध्यताले गर्दा बचत गर्न कठिन छ ।
लाखौं नेपाली आप्रवासी श्रमिक र तिनका परिवारको कल्याणका लागि काम गर्ने श्रम मन्त्रालयका लागि यथोचित बजेटको व्यवस्थासमेत नगर्ने यथार्थले नै नेपालको राजनीतिक नेतृत्व र पार्टीहरू यो सवालमा कति संवेदनशील छन् भन्ने प्रस्ट पार्छ
अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्याइरहेको विप्रेषणबारे मिथ्यांकभन्दा तथ्यांकका आधारमा बहस हुन जरुरी छ । नेपाली श्रमिकको रगत–पसिनाबाट सिर्जित विप्रेषण र तिनका परिवारले गरेको उपयोगमाथिको नकारात्मक भाष्यले झन् निराशा थप्छ । अब वैदेशिक रोजगारी बाध्यता नभई छनोटको विषय बन्न सक्नुपर्छ ।