नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रेरित गछौँ : सीआईडीसीएका प्रमुख लुओ

काठमाडौँ — चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) का प्रमुख लुओ झाओहुईले नेपालमा लगानी गर्नको लागि चिनियाँ लगानीकर्तालाई प्रेरित गर्ने बताएका छन् ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रेरित गछौँ : सीआईडीसीएका प्रमुख लुओ

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै लुओले भने, ‘अहिलेको भूरानीतिक चुनौतिको अवस्थामा नेपालमा विकासको लागि लगानीको आवश्यकता छ ।’ उनले नेपाल सुन्दर देश भएको उल्लेख गर्दै चीन विकास र सहकार्य गर्न तयार रहेको प्रष्ट पारे ।

उनले सन् २०१९ को अक्टोबरमा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भएको र त्यस अवशरमा हिमालय वारपार कनेक्टिभिटीको सहकार्य भएको पनि बताए । नेपालीहरुसँग ‘हातमा हात र काँधमा काँध’ मिलाएर काम गर्न चीन तयार रहेको उनको भनाई थियो । उनले त्यसले चीन र नेपालको सम्बन्ध बलियो बनाउने पनि उल्लेख गरे ।

त्यस अघि बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल र चीन बीचको सम्बन्ध इतिहासदेखि नै भएको बताए । उनले भने,‘चीनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा सहयोग गरेको छ ।’ उनले नेपालले आर्थिक र विकासको क्षेत्रमा नयाँ यात्राको सुरुआत गर्न लागेको पनि बताए ।

प्रकाशित : वैशाख १६, २०८१ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?