सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद
कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगर र दोधारा चाँदनी क्षेत्रबाट ७ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद भएको छ ।
प्रहरीले मंगलबार भीमदत्त नगरपालिकाको गड्डाचौकी क्षेत्रबाट करिब ६ लाख बराबारको र दोधारा चाँदनीबाट १ लाख ४२ हजार बराबरको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार बरामद गरिएको सामानमा टि-सर्ट, लेडिज सुट, कपडा, किटनाषक औषधि, चिनी, पेय पदार्थलगायत रहेका छन् ।
बरामद भएको सामान गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको उनले बताए ।
प्रतिक्रिया