कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दिल्लीको बाल अस्पतालमा आगलागी : ६ नवजात शिशुको मृत्यु

काठमाडौँ — भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको हो । 

दिल्लीको बाल अस्पतालमा आगलागी : ६ नवजात शिशुको मृत्यु

अधिकारीहरूका अनुसार १२ नवजात शिशुलाई भने बचाइएको छ । त्यस्तै ६ जनाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×