केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गरेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/heli-1942024070603-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
उनले प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधन भएको घोषणा गर्नु पर्दा दुःख लागेको बताए । एल्गेयो माराक्वेट काउन्टीको स्थानीय प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर स्थानीय समयअनुसार दिउँसो २ बजेर २० मिनेटमा तल खसेको थियो र आगलागी भएको थियो ।
राष्ट्रपतिले ओगोलाले बिहानै नैरोबी छोडेर समस्याग्रस्त क्षेत्रमा डाकुहरूसँग लड्न र चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएको बताए । केन्या वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन उड्डयन अनुसन्धान टोली गठन गरी पठाएको छ । उनले शुक्रबारदेखि तीनदिने शोक मनाउने घोषणा पनि गरेका छन् ।
उनले पदमा रहँदा मात्रै नभइ सक्रिय सैन्य कर्तव्यमा जीवन गुमाएका सेनापतिको जीवन र प्रतिष्ठित सैनिक जीवनको सम्मानमा राष्ट्रले आजबाट १९ अप्रिलबाट ३ दिने शोक व्यक्त गर्ने बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)