कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सन् १९८० मा आजकै दिन : जिम्बाब्वेमा अश्वेत प्रधानमन्त्री

काठमाडौँ — सन् १९८० मा आजकै दिन (मार्च ४) मा रोबर्ट मुगावे जिम्बाब्वेका प्रधानमन्त्री बनेका थिए । उनी जिम्बावेका पहिलो अश्वेत प्रधानमन्त्री हुन् । १९२४ फेब्रुअरी २१ मा कुटुमामा जन्मिएका मुगावे १९७५ मा जिम्बाब्वे अफ्रिकन नेसनल युनियनका अध्यक्ष बनेका थिए ।

सन् १९८० मा आजकै दिन : जिम्बाब्वेमा अश्वेत प्रधानमन्त्री

श्वेतविरुद्ध छापामार युद्ध गरेका मुगावे बेलायतीले आह्वान गरेको शान्तिवार्ता स्विकार्दै राजनेताका रूपमा उदाउन सफल भएका थिए । त्यसताका मार्क्सवादी–लेनिनवादी नेताका रूपमा परिचित मुगावे १९९० को दशकपछि भने समाजवादी नेताका रूपमा चिनिएका थिए ।

मुगावेले जिम्बाब्वेमा ३७ वर्ष शासन गरे । उनी १९८० देखि १९८७ सम्म प्रधानमन्त्री र १९८७ देखि २०१७ सम्म जिम्बाब्वेका राष्ट्रपति थिए । १९८० को निर्वाचनमा सफलता चुमेपछि विश्वभर चर्चित बनेका मुगावे अन्ततः आफ्नी पत्नीलाई उत्तराधिकारी बनाउने प्रयासपछि सत्ताबाट बाहिरिएका थिए ।

मुगावेको दल जिम्बाब्वे अफ्रिकन नेसनल युनियन–प्याट्रिओटिक फ्रन्ट (जानु–पीएफ) र विपक्षी दल मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडीसी) ले उनीविरुद्ध संसद्मा महाभियोग दर्ता गर्ने प्रक्रिया सुरु गरेपछि उनले राजीनामा दिएका थिए । मुगावेको २०१९ सेप्टेम्बर ६ मा ९५ वर्षको उमेरमा सिंगापुरमा निधन भएको थियो ।



प्रकाशित : फाल्गुन २१, २०८० १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×