कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

सन् १९६८ मा आजकै दिन : छैटौं जेम्स बोन्डको जन्म

काठमाडौँ — सन् १९६८ मा आजकै दिन (मार्च २) मा अभिनेता डानियल क्रेगको जन्म भएको थियो । उनी जेम्स बोन्ड सिरिजका छैटौं अभिनेता हुन् । उनी जेम्स बोन्ड सिरिजका फिल्ममा अभियन गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेका हुन् । 

सन् १९६८ मा आजकै दिन : छैटौं जेम्स बोन्डको जन्म

बेलायतको चेस्टरमा जन्मिएका क्रेगले ‘क्यासिनो रोयल (२००६)’ बा जेम्स बोन्ड सिरिजअन्तर्गतका फिल्ममा अभिनय सुरू गरेका हुन् । सिरिजअन्तर्गतका ‘क्यासिनो रोयल’ सँगै क्रेगले हालसम्म ‘क्वान्टम अफ सोलास (२००८)’, ‘स्काइफल (२०१२)’, ‘स्पेक्ट्रे (२०१५)’, र ‘नो टाइम टु डाई (२०२१)’ मा अभिनय गरिसकेका छन् । ‘द पावर अफ वान (१९९२)’ ड्रामाबाट अभियन यात्रा थालेका क्रेग १९९८ बाट फिल्म क्षेत्रमा लागेका हुन् । त्यस वर्ष उनले ‘एलिजाबेथ’ फिल्ममा सहायक भूमिकामा अभियन गरेका थिए । त्यस्तै, क्रेगले ‘लारा क्रोफ्ट ः टम्ब राइडर (२००१)’, ‘रोड टु पर्डिसन (२००२)’, ‘लयर केक (२००४)’, ‘म्युनिक (२००५)’ लगायतका फिल्ममा पनि अभियन गरेका छन् ।

प्रकाशित : फाल्गुन १९, २०८० ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?