२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

थाइल्याण्डको एक कारखानामा विस्फोट हुँदा मृत्यु हुने संख्या २० पुग्यो

रोयटर्स

काठमाडौँ — थाइल्याण्डको बैंककको उत्तरमा रहेको एउटा आतिशबाजी कारखानामा बुधबार विस्फोट हुँदा मुत्यु हुनेको संख्या करिब २० पुगेको प्रहरीले जनाएको छ । अधिकारीहरूले घटनास्थलको निरीक्षण गरे पनि जीवित व्यक्तिहरू फेला पार्न सकेका छैनन्।

थाइल्याण्डको एक कारखानामा विस्फोट हुँदा मृत्यु हुने संख्या २० पुग्यो

बैंककबाट करिब १२० किलोमिटर (७४.५६ माइल) उत्तरमा मध्य दिउँसो सुफान बुरी प्रान्तमा भएको घटना के कारणले भएको हो भन्ने अझै स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।

'हामी सबै कामदारहरू मारिएका थिए कि भनेर भन्न सक्दैनौं। अधिकारीहरू अनुसन्धान गर्न घटनास्थलमा प्रवेश गरिरहेका छन्। उनीहरूले कोही पनि जीवित फेला पारेका छैनन्,' प्रान्तीय गभर्नर नट्टापट सुवानप्रतीपले रोयटर्सलाई भने।

प्रकाशित : माघ ४, २०८० १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?