कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

गाजाको अल शिफा अस्पतालमा इजरायली सेनाको छापा, आत्मसमर्पण गर्न हमासलाई आग्रह

रोयटर्स

गाजा — इजरायली सेनाले गाजापट्टीको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा प्यालेस्टिनी हमास लडाकुहरू विरुद्ध बुधबार छापा मारेको छ । इजरायली सेनाले हमासहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

गाजाको अल शिफा अस्पतालमा इजरायली सेनाको छापा, आत्मसमर्पण गर्न हमासलाई आग्रह

गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ताले 'आउँदो मिनेटमा' शिफा अस्पताल परिसरमा छापा मार्ने इजरायलले बताएको उल्लेख गरेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. मुनिर अल-बुर्शले अल जजीरा टेलिभिजनसँग इजरायली सेनाले मेडिकल कम्प्लेक्सको पश्चिमी भागमा छापा मारेको बताए। 'हामी रहेको क्षेत्रहरूमा ठूला विस्फोटहरू र धुलो पसेको छ। हामीलाई विश्वास छ कि अस्पताल भित्रै विस्फोट भएको हो,' बुर्सले भने।

एक विज्ञप्ति मार्फत् इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ: 'गुप्तचर सूचना र परिचालन आवश्यकताको आधारमा, आईडीएफले शिफा अस्पतालको निर्दिष्ट क्षेत्रमा हमास विरुद्ध गरिरहेका छन्।'

गाजामा इजरायली हमलाको पाँच सातापछि मानवीय युद्धविरामको लागि विश्वव्यापी आह्वान भएको थियो । यही समयमा अल शिफामा इजारायलले निशाना साँधेको छ ।

प्रकाशित : कार्तिक २९, २०८० ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?