इक्वेडर र पेरुमा भूकम्पको शक्तिशाली धक्का, १४ को मृत्यु- विश्व - कान्तिपुर समाचार

इक्वेडर र पेरुमा भूकम्पको शक्तिशाली धक्का, १४ को मृत्यु

इक्वेडर र पेरुको सीमा क्षेत्रमा ६.७ म्याग्निच्यूडको भूकम्प जाँदा इक्वेडरमा १३ जना र पेरुमा एक जनाको मृत्यु भएको छ । एक सय २६ जना घाइते भएका छन् ।
एजेन्सी

काठमाडौँ — इक्वेडर र पेरुमा शक्तिशाली भूकम्प जाँदा १४ जनाको मृत्यु भएको छ । भूकम्पका कारण कतिपय घर र भौतिक संरचना भत्किएका छन् । प्रभावित क्षेत्रका मानिसहरू सुरक्षित स्थानका लागि घरबाट बाहिर निस्किएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण अनुसार इक्वेडरको तटीय क्षेत्र गुयासमा ६.७ म्याग्निच्यूडको भूकम्प गएको हो । अधिकारीहरूका अनुसार भूकम्पपछि सुनामीको आकलन भने गरिएको छैन ।

भूकम्पबाट इक्वेडरमा १३ जना र छिमेकी पेरुमा एक जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै इक्वेडरका अधिकारीहरूले त्यहाँ १ सय २६ जना मानिस घाइते भएको बताएका छन् ।

इक्वेडरका राष्ट्रपति ग्वेल्लेर्मो लास्सोले उद्धारका लागि मातहतका अधिकारीहरूलाई आदेश दिएका छन् । छिमेकी पेरुमा भने इक्वेडरसँगको उत्तरी सीमा क्षेत्रमा भूकम्पको बढी धक्का महसुस गरिएको थियो । पेरुका प्रधानमन्त्री अल्बेर्तो ओतारोवाले भूकम्पका कारण पेरुमा ४ वर्षीया बालिकाको मृत्यु भएको बताएका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पाको देउरालीमा टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउराली मसारमा टिपरको ठक्करबाट ६९ वर्षीय होमबहादुर लाम्टाङ्गे मगरको आइतबार मृत्यु भएको छ ।

सिद्देश्वरस्थित चुनढुंगा खानीबाट चुनढुंगा लिई बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले पैदल हिँडेका लाम्टाङ्गेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाले बताए । उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

हार्थोक–सर्देवा भित्रि कच्ची सडकमा स्थानीय भेला भएर क्षतिपूर्तिको माग गरेका छन् । टिपर मालिकलाई बोलाउनुपर्ने उनीहरुको माग छ । हार्थोक भित्र कच्ची सडक भएर सिजी सिमेन्ट र सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीमा टिपरले चुनढुंगा, मिस्कट, ढुंगा, माटो, कोइला, क्लिङकर ओसारपसार हुन्छ ।

प्रकाशित : चैत्र ५, २०७९ १४:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×