प्रतिस्थापन विधेयक

खर्च हिजो जसरी चल्या'थ्याे त्यसरी नै चल्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्‌मा पारित नहुँदा आइसक्ने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताएका छन् ।

प्रतिस्थापन विधेयक अल्झियो, अर्थमन्त्री भन्छन्– '५-७ दिन सरकारी खर्च रोकिन सक्छ'

प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च बन्द हुने भएको छ ।

किसान कृषि तथा पशु बिमामा ८० प्रतिशत अनुदान

सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने भएको छ । यसअघि सरकारले ५० प्रतिशतमात्रै अनुदान दिँदै आएको थियो ।

आर्थिक वृद्धिदर ७ प्रतिशत, मूल्य वृद्धिदर ६.५ प्रतिशत बढ्ने अनुमान

सरकारले चालु आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको बताए । ‘चैतभित्र कोभिड १९ विरुद्धको खोप सबैले पाउँछन् । त्यसपछि आर्थिक गतिविधि हुन गई यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छु,’ उनले भने ।

अर्थमन्त्री शर्माद्वारा चालु आवका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट पेस

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । 

कोभिड-१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन

सरकारले चालु खर्चका लागि विनियोजित बजेट कटौती गरी कोभिड–१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको अध्यादेश बजेटमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु खर्चतर्फ विभिन्न शीर्षकको १० प्रतिशत बजेट कटौती गरिएको बताए ।

कोभिड नियन्त्रणका लागि बजेट अभाव छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताएका छन् । उनले यो विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताए ।

ओली सरकारको बजेटमा संशोधन, कर्णालीका गरिबका लागि ३ महिने कार्यक्रम

अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने आर्थिक विधेयक ०७८ पेस गरेका छन् । मन्त्री शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत जारी गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्दै आर्थिक विधेयकमार्फत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष ०७८-७९ का लागि पेस भएको बजेटमा संशोधन गरेका हुन् ।