संसद्‌ अधिवेशन

सांसद गंगा चौधरी सत्गौवा रोस्ट्रममा जान खोजेपछि...

एमाले सांसदको नाराबाजी बीच प्रतिनिधिसभामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रस्तुत गरेको छ । एमाले सांसदहरूको अवरोधका कारण सभामुख अग्नीप्रसाद सापकोटाले दुई पटक बैठक स्थगित गरे । तेस्रो बैठक सुरु हुने बित्तिकै सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश टेबल गर्न समय दिए । गृहमन्त्री खाँण अगाडी बढ्दै गर्दा एमाले सांसदहरु रोस्ट्रम घेराउ गर्न पुगेका थिए । उनीहरूलाई मर्यादापालकले रोके । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परिरहेकै बेला इकान्तिपुरका फोटो पत्रकार अंगद ढकालको क्यामेरामा एमाले सांसद गंगा चौधरी सत्गौवा यसरी कैद भइन् ।

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ एमालेका सांसद्हरुले सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उठेर विरोध जनाएका थिए ।

प्रतिनिधिसभा बैठक सुरु, एमालेको नाराबाजी

प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबेरअघि बैठक सुरु भएको हो । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नै लाग्दा  प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

प्रतिनिधिसभा अधिवेशनका तीन चुनाैती

संघीय संसद्को अधिवेशन बुधबार ४ बजेदेखि सुरु हुँदैछ । संसद् अधिवेशनको भौतिक तयारी पूरा भइसकेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । तर, यो अधिवेशन सत्तापक्षका लागि चुनौतीरहित छैन । सडकमा सत्तारुढ दलकै संगठनहरूले एमसीसीलगायतका विषयमा जुलुस गरिरहेका छन् ।