प्रतिनिधिसभा बैठक सुरु, एमालेको नाराबाजी

काठमाडौँ — प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबेरअघि बैठक सुरु भएको हो । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नै लाग्दा  प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

प्रतिनिधिसभा बैठक सुरु, एमालेको नाराबाजी

त्यसपछि सभामुख सापकोटाले एमाले दलका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए । एमाले सचेतक भट्टराईले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका सांसदहरुलाई कारबाही नगरिएको र पार्टी फुटाउन सहयोग गरेको भन्दै बैठक चल्न नदिने बताए थिए । त्यस लगत्तै एमालेका सांसदहरुले रोस्टम अगाडि गएर नाराबाजी सुरु गरेका थिए ।

नाराबाजी जारी राखेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

प्रकाशित : भाद्र २३, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?