एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ एमालेका सांसद्हरुले सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उठेर विरोध जनाएका थिए ।

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बोल्नका लागि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिएका थिए ।

प्रमुख सतेचक भट्टराईले एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै विरोध जनाए । उनले विगतमा अन्य दलका कारबाहीको सिफारिसलाई तत्कालै सूचना प्रकाशन गरिएको तर एमालेको सिफारिसलाई विचाराधीनमा राखेर दल विभाजन भइसकेपछि कारबाही गर्न नपर्ने निर्णय गरेको भन्दै सदनको कारबाही चल्न नदिने घोषणा गरे ।

सांसदहरूले विधिको शासन कायम गर्न, संसदीय सर्वोच्चता कायम गर्न माग गरे । सभामुख सापकोटाले मुलुकको संविधान र कानुन तथा संसद्को मर्यादा र परम्पराभन्दा बाहिर नजान आग्रह गर्दै आफूले प्रतिनिधिसभाको नियमावलीबमोजिम नै काम गरेको जिकिर गरे ।

भट्टराईले एमालेको तर्फबाट सभामुखको जवाफ मागे थिए । त्यसपछि सापकोटाले जवाफ सुरु गरे पनि एमाले सांसदहरुले रोस्ट्रम अगाडि नाराबाजी गरेका थिए । नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे ।

आजको बैठकमा सभामुखको अनुस्थितिमा बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने, बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश गर्नेलगायत सम्भावित कार्यसूची छ ।

यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’, आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८, ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ ‘शपथसम्बन्धी अध्यादेश, २०७८’, ‘रेल्वे सम्बन्धी अध्यादेश, २०७८’, ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८’ लाई स्वकृतिका लागि पेश गर्ने, ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ स्वीकृतिका लागि पेश गरिने कार्यसूची छ ।

प्रकाशित : भाद्र २३, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?