कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सिटिजन्स टेनिस : अभिलाषा र सुनीरा फाइनलमा

काठमाडौँ — अभिलाषा विष्ट र सुनीरा थापा १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको फाइनल पुगेका छन् ।

सिटिजन्स टेनिस : अभिलाषा र सुनीरा फाइनलमा

त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा बिहीबार अभिलाषाले आध्या पौडेललाई ६–१, ६–२ ले र सुनीराले समृद्धि महर्जनलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेका थिए ।

पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धरले फाइनल पक्का गरे । प्रदीपले प्रणव खनाललाई ६–३, ६–२ ले र प्रणवले ऋतिक रानालाई ७–५, ७–६ को सेटमा हराए ।

मिक्स डबल्समा प्रदीप र माहिका राणाको जोडीले आइसा डोल्कर गुरुङ र आर्यन गिरीको जोडीलाई ६–२, ७–५ ले तथा ऋतिक र अभिलाषाको जोडीले भगवती विक र सुमन लामाको जोडीलाई ६–०, ६–१ ले हराएर फाइनल पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सीमान्त गुरुङलाई ६–०, ६–१ र सन्तोष खत्रीले अनिल साइलाई ६–२, ६–३ को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाए । ५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार वाइबा र हिमाल साहको जोडीले जीवन घिमिरे र शिवप्रसाद सेढाईंको जोडीलाई २–६, ६–३, ११–९ ले तथा कमल थापा र छ्याम्बा ढुन्डुपको जोडीले चन्द्र शाही र सोमबहादुर लालचनको जोडीलाई ६–२, ६–३ को सेटमा हराएर फाइनल यात्रा तय गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा अनिल र सीमान्तको जोडीले सन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६–४, ३–६, १०–४ तथा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले भीष्मजंग गुरुङ र देव क्षेत्रीको जोडीलाई ७–६ र ६–३ ले हराएर फाइनलमा स्थान बनाए ।

प्रकाशित : वैशाख १३, २०८१ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?