कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चौथो मिल्स गोल्डकप : पेमा युवा क्लब फाइनलमा

विनोद भण्डारी

विराटनगर — कोशी प्रदेश प्रहरी टिमलाई ३–१ गोलले पराजित गर्दै पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । जितसँगै पेमाले उपाधिका लागि शनिबार सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीसँग खेल्नेछ ।

चौथो मिल्स गोल्डकप : पेमा युवा क्लब फाइनलमा

पेमाका लागि मिलन राई, समिर राई र कुलदीप कार्कीले गोल गरे । प्रदेश प्रहरीका लागि उज्जवल राईले सान्त्वना गोल गरे । सुरुवाती अग्रता भने प्रहरीले खेलको २९ औं मिनेटमा उज्जल राईको गोलमार्फत लिएको थियो । खेलको ४३ औं मिनेटमा पेमा युवाका मिलन राईले टाउकाले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । ६१ औं मिनेटमा पेमाका समिर राईले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफपछि सौरव लिम्बुको ठाउँमा मैदान प्रवेश गरेका समिरले मिलन राईले निकालेको क्रस पासलाई गोलमा परिणत गरे । अग्रता दोब्बर बनाएको चार मिनेट बित्न नपाउँदै पेमाका कुलदीप कार्कीले गोल गर्दै टिमको जित सुनिश्चत गरे । प्रतियोगिताको प्लेयर अफ द म्याच पेमा युवा क्लबका मिलन राई भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिता विजेताले २ लाख ११ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने छन् ।

प्रकाशित : वैशाख १३, २०८१ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?