कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सल्यानमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

विप्लव महर्जन

सल्यान — खलंगामा कर्णाली प्रदेशस्तरीय तीन दिने तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । खेलकुद विकास समितिको आयोजना र कर्णाली प्रदेश खेलकुद परिषद्को समन्वयमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको हो । 

सल्यानमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

आगामी फागुन २९ गते बाग्मती खेलकुद परिषद्को आयोजनामा हुन लागेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशबाट सहभागी हुने खेलाडी छनोटका लागि प्रतियोगिता सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्ग‍प्रसाद आचार्यले जानकारी दिए ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यान, सुर्खेत, कालिकोट, जुम्ला, मुगु, रुकुम पश्चिम, दैलेख, डोल्पा र मुगु गरी आठ जिल्लाबाट प्रतिष्पर्धीहरु सहभागी छन् । उनका अनुसार एक जिल्लाबाट विभिन्न तौल समुहका ११ जनाका दरले जम्मा ८८ जनाले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

तीन दिने प्रतियोगिताबाट अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुदमा महिला र पुरुष गरी २२ जना खेलाडी छनौट गरिनेछ ।

प्रकाशित : माघ २८, २०८० १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×