कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

पीएम कप क्रिकेट : बैतडी फाइनल नजिक

धनगढी — लगातार तेस्रो जित निकाल्दै बैतडी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटकाे फाइनल नजिक पुगेकाे छ ।

पीएम कप क्रिकेट : बैतडी फाइनल नजिक

शनिबार कञ्चनपुरमाथि २० रनकाे जित हात पार्दै बैतडी फाइनल नजिक पुगेको हाे ।

जितका लागि १८६ रनकाे लक्ष्य पछ्याएकाे कञ्चनपुरले ३५ ओभरमा १६५ रन मात्रै बनाउन सक्याे । जसमा अभिषेक थापाले अर्धशतकीय पारी खेल्द‌ै ६५ र प्रकाश पाण्डेले ४४ रनकाे याेगदान गरे । २६ रन जाेड्दा पहिलाे विकेट गुमाएको कञ्चनपुरका लागि अभिषेक र प्रकाश बीच दाेस्राे विकेटका लागि ९६ रनकाे साझेदारी भयाे ।

२२.४ ओभरमा १२२ रन जाेड्दा दाेस्राे विकेट गुमेपछि त्यसपछिका अन्य ब्याटरबीच साझेदारी बन्न नसक्दा कञ्चनपुरकाे पारी संकटमा पर्याे । कञ्चनपुरकाे पारी ध्वस्त पार्ने क्रममा बैतडीका हिक्मत महराले ४, खडक बाेहराले ३ विकेट हात पारे ।

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरकाे खेल बाक्लाे हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला हुँदा ३५ ओभरमा झारिएकाे थियोे ।

टस जितेर पहिला ब्याटिङ गरेकाे बैतडी ३३.३ ओभरमा १८५ रनमा समेटियो । बैतडीका लागि सुदीप टमटा र गजेन्द्र बाेहराले अर्धशतक बनाए । सुदीप ५० र गजेन्द्र ५४ रनमा आउट भए। यसका साथै खडक बाेहराले ३३ रन बनाए । ओपनर ब्याटर रहेका खडक र सुदीपले ६४ रनकाे साझेदारी गरे । कञ्चनपुरका दीपक चन्द र भरत चन्दले ३/३ र प्रकाश पाण्डेले २ विकेट झारे ।बैतडीका लागि अलराउन्डर प्रदर्शन गरेका खडक म्यान अफ द म्याच घाेषित भए ।

शनिबारकाे खेलमा पराजित भए पनि कञ्चनपुरले यसअघिका तीन खेल जितेकाले फाइनल खेल्ने सम्भावना जीवितै छ। भाेलि हुने बैतडी र कैलालीको खेलले फाइनल पुग्ने टाेलीकाे टुंगो लाग्नेछ।

भाेलिकाे खेलमा बैतडीले जित हात पारे बैतडी र कञ्चनपुर फाइनल पुग्नेछन् । कैलालीले जितेमा रनरेटकाे आधारमा बैतडी, कञ्चनपुर र कैलालीमध्ये शीर्ष दुई टाेली पुस २४ गते फाइनल खेल्नेछन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस १४ गतेदेखि छनाैट प्रतियोगिता सुरू भएकाे थियोे । छनाैट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमकाे टाेली घाेषणा गरिनेछ ।

प्रकाशित : पुस २१, २०८० २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?