कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

पीएम कप क्रिकेट: अछामको सान्त्वना जित

धनगढी — प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा अछामले शुक्रबार खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो । 

पीएम कप क्रिकेट: अछामको सान्त्वना जित

जितका लागि पाएको १ सय ४० रनको सामान्य लक्ष्य पछ्याएको बझाङ २५.२ ओभरमा ८८ रनमा समेटियो । बझाङका सनम बुढाथोकीले २१, सुशील रावल र अशोक धामीले १५/१५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

अछामका रोहित खड्काले ४ र युवराज खत्रीले ३ विकेट हात पारे । यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको अछाम २८.४ ओभरमा १३९ रनमा अलआउट भयो । जसमा कप्तान राजु रिजालले सर्वाधिक ४९ रनको योगदान गरे । बझाङका भरत चन्द, सुशील रावल र प्रकाश रोकायाले २/२ विकेट लिए ।


अछामका रोहित खड्का म्यान अफ द म्याच चुनिए । योजित संगै अछाम एलाइट च्याम्पियनसिपमै सुरक्षित रहेको छ । प्रतियोगिताका सबै खेल हारेको बझाङले भने पुनः प्लेट च्याम्पियनसिप तथा क्वालिफायर खेल्नुपर्नेछ । प्रतियोगिता अन्तरगत शनिबार बैतडी र कञ्चनपुर प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि सुरु भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।

प्रकाशित : पुस २०, २०८० १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?