कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुआत

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नेपाल सुपर लिग-२०२३ मा शुक्रबार विजयी सुरुआत गरेको छ । सब्टिच्युट राजीव लोप्चनले गरेको एकमात्र गोलको मद्दतले उसले दशरथ रंगशालामा भएको खेलमा प्रतियोगितामा नवप्रवेशी स्पोर्टिङलाई १–० ले पराजित गरेको हो ।

नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुआत

दोस्रो हाफको सुरुमै मैदानमा प्रवेश गरेका राजीवले ५१ औं मिनेटमा गोल गरे । कर्नरमा क्लियर नभएको बलमा उनले नजिकको दूरीबाट बललाई पोस्टको दिशा दिलाएका हुन् ।

गोलरहित बराबरीको पहिलो हाफमा दुवै टिमले राम्रो अवसर बन्न सकेन । दोस्रो हाफमा झनै दुवै टिम केही आक्रामक देखिए र यसैक्रममा राजीवले सुरुमै गोल गरेका हुन् । यस जितसँगै काठमाडौंले ३ अंक बटुलेको छ भने इलाम शून्य अंकमै सीमित रह्यो ।

प्रतियोगिताको पहिलो संस्करणमा पनि काठमाडौंले पहिलो खेल खेलेको थियो र त्यसमा ललितपुरलाई १–० ले हराएको थियो ।

यसअघि सांगीतिक र नृत्यको प्रदर्शनसँगै प्रतियोगिता सुरु भएको थियो । यसपल्टको प्रतियोगिता दोस्रो संस्करणमात्रै हो र यसमा कुल नौ टिमको सहभागिता रहेको छ । लिग चरणको समाप्तीमा शीर्ष चार टिमले अर्को चरणमा प्रवेश पाउने छन् ।

प्रकाशित : मंसिर ८, २०८० २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?