कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

त्रिकोणात्मक ट्वान्टी २० सिरिज : हङकङलाई हराएपछि यूएई बलियो

कान्तिपुर संवाददाता

काठमाडौँ — यूएई त्रिकोणात्मक ट्वान्टी २० सिरिजमा आइतबार हङकङलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेशका लागि बलियो प्रत्यासी बनेको छ । सिरिजमा यूएईको यो पहिलो जित हो । यो जितसँगै यूएईको दुई खेलबाट दुई अंक भएको छ ।

त्रिकोणात्मक ट्वान्टी २० सिरिज : हङकङलाई हराएपछि यूएई बलियो

हङकङ अहिलेसम्म जितविहीन रहेको छ । तीन खेल खेलिसकेको हङकङ अंकविहीन छ । आयोजक नेपाल भने यसअघि नै लगातार तीन खेल जितेर ६ अंकका साथ फाइनल पुगिसकेको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा जितका लागि १ सय ५० रनको लक्ष्य पाएको यूएईले ४ विकेट गुमाएर १८ ओभरमा १ सय ५३ रन बनायो । उसका लागि ओपनर तथा कप्तान मोहम्मद वासिमले सर्वाधिक ४० रन बनाए । वासिमले यसका लागि १७ बलको मात्र उपयोग गरे र चार चौका तथा तीन छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर खालि साहले ३७ रन जोडे ।

बलिङतर्फ हङकङका यसिन मुर्तजाले २ विकेट लिएका थिए । निजाकत खान र एसशान खानले समान १-१ विकेट लिएका थिए ।

पहिले ब्याटिङ गरेको हङकङले पाँच विकेटको गुमाएर १ सय ४९ रन बनाएको थियो ।

उसका लागि बाबर हयातले ४५ बलमा ६६ रन बनाएका थिए । उनले तीन चौका तथा पाँच छक्का प्रहार गरे । अजिज खानले नटआउट रहेर ४३ बलमा ४८ रन बनाएका थिए ।

बलिङतर्फ यूएईका जहुर खानले ३ विकेट लिएका थिए भने निलानस केशवानीले २ विकेट लिएका थिए ।

प्रकाशित : कार्तिक ५, २०८० १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?