वुमेन्स वर्ल्डकप २०२३

जिरेलीको निर्णायक गोलमा अर्जेन्टिनाविरुद्ध इटाली विजयी

एजेन्सी

अकल्यान्ड — क्रिस्टियना जिरेलीले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले इटालीले वुमेन्स वर्ल्डकपमा सोमबार अर्जेन्टिनालाई १–० ले हराएको छ ।

जिरेलीको निर्णायक गोलमा अर्जेन्टिनाविरुद्ध इटाली विजयी

खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेका बेला जिरेलीले ८७ औं मिनेटमा गोल गरेकी थिइन् । त्यसअघि ८३ औं मिनेटमा उनी सब्स्टिच्युट खेलाडीका रूपमा मैदान छिरेकी थिइन् ।

यस जितपछि स्वीडेनसँगै इटाली समूह 'जी' को शीर्ष स्थानमा रह्यो । यसै खेलमा इटालीकी जिउलिआ ड्रागोनी वुमेन्स वर्ल्डकपमा खेल्ने सबैभन्दा कान्छी खेलाडीमध्ये एक भइन् ।

विश्वकपमा अर्जेन्टिनाको सामना गरिरहँदा उनको उमेर १६ वर्ष २ सय ५९ दिन मात्र पुगेको थियो । पछिल्लो जुलाइमा मात्र उनले इटालीका लागि डेब्यु गरेकी थिइन् ।

प्रकाशित : श्रावण ८, २०८० १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?