कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा

एएफपी

चेन्नाई — रविन्द्र जडेजाले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि चेन्नाई सुपर किंग्सले मंगलबार डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । फाइनल कप्तान महेन्द्रसिंह धोनीका लागि बिदाइको अवसर पनि हुन सक्नेछ ।

गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा

पहिलो क्वालिफायरमा चारपल्टको च्याम्पियन चेन्नाईले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ७२ रन बनाएको थियो । त्यसमा ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । चेन्नाईका बलरले त्यसलाई रक्षा गर्ने क्रममा गुजरातलाई १ सय ५७ रनमा रोकेको थियो । सुरुमा २२ रन बनाएका जडेजाले पछि १८ रनमा दुई विकेट लिए ।

चेन्नाई प्रतियोगिताको फाइनल पुगेको यो दसौंपल्ट हो । हारका बावजुत गुजरातसामु फाइनल प्रवेशको एक अर्को अवसर हुनेछ । बुधबार इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सले पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सको सामना गर्नेछ । त्यसमा विजयी हुने टिमले अर्को खेलमा गुजरातको सामना गर्नेछ ।

प्रकाशित : जेष्ठ १०, २०८० ०६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?