कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय क्रिकेट टिमलाई विराटनगरमा स्वागत र सम्मान

विनोद भण्डारी

विराटनगर — हालै सम्पन्न एसीसी प्रिमीयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै मुलुकलाई एसिया कप प्रतियोगितामा सहभागी गराउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई बुधबार विराटनगरमा भव्य स्वागत र सम्मान गरिएको छ ।

राष्ट्रिय क्रिकेट टिमलाई विराटनगरमा स्वागत र सम्मान

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संयुक्त रुपमा राष्ट्रिय टिमका खेलाडी र मुख्य प्रशिक्षकलाई ४२ डिग्री तापक्रमका बीच बुधबार विराटनगर नगर क्षेत्र परिक्रमा गराइएको थियो ।

यती यएरबाट विराटनगर अवतरण गरेका राष्ट्रिय टिमका खेलाडीलाई विमानस्थल हुँदै एयरपोर्ट मोड, पिपलचोक, बरगाछी, तीनपैनी चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै बरगाछीसम्मको दूरी परिक्रमा गराइएको थियो ।

उनीहरुलाई विमानस्थलमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री बृद्धिकुमार राजभण्डारी, विराटनगर महानगरकी उपप्रमुख शिल्पा कार्कीसहित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले स्वागत गरेका थिए ।

खेलाडी र प्रमुख प्रशिक्षकलाई बुधबार साँझ विराटनगरवासीका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको पूर्वखेलाडी पारस लुनियाले बताए । उनका अनुसार सम्मान कार्यक्रममा राष्ट्रिय टिमका ट्रेनर अब्दुल सतारको स्वास्थ्य उपचारका लागि तीनवटा संस्थाको तर्फबाट आर्थिक सहयोग गर्ने कार्यक्रम पनि रहेको लुनियाले बताए । तीनवटा संस्थाको तर्फबाट सतारलाई ६ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने कार्यक्रम छ ।

प्रकाशित : वैशाख २७, २०८० १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?