कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल : गुजरात प्लेअफनजिक

काठमाडौँ — गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग २०२३ मा शुक्रबार राजस्थान रोयल्सलाई सजिलै नौ विकेटले हराएको छ । जितसँगै गुजरात प्रतियोगिताको प्लेअफको नजिक पुगेको छ ।

आईपीएल : गुजरात प्लेअफनजिक

यो जितपछि गुजरातले शीर्ष स्थानमा आफ्नो अग्रतालाई तीन अंक पुर्‍याएको छ ।

उसको १० खेलबाट १४ अंक भएको छ । पछिल्ला पाँच खेलमध्ये चारमा पराजित राजस्थान भने १० अंकमा चौथो स्थानमा छ । उसले पहिले ब्याटिङ गर्दै १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र बनाएको थियो ।

रसिद खानले १४ रन खर्चेर तीन विकेट लिए र ‘प्लेयर अफ द म्याच’ बने । जवाफमा गुजरातले १३.५ ओभरमा एक विकेट गुमाएर १ सय १९ रन बनायो । ओपनर रिद्दीमान साह ४१ रन बनाएर नटआउट रहे ।

प्रकाशित : वैशाख २३, २०८० ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?