कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र सगरमाथा युथ क्लब

अर्जुन सुवेदी

सुनसरी — सुनसरीमा जारी १३औं संस्करणको इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने भएको छ ।

इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र सगरमाथा युथ क्लब

इटहरी रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

आर्मीका दीपक गुरुङले आत्माघाती गोल गरेपछि चर्च ब्वाइज उपाधिनजिक पुगेको हो । २२औं मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी बेम्पाले प्रहार गरेको फ्रिकिकलाई दीपकले हेडर गरेर क्लियर गर्न खोज्दा आत्माघाती गोल हुन पुगेको थियो ।

पहिलो हाफमा पाएको तीनवटा अवसरलाई सदुपयोग गर्न नसकेको आर्मीले दोस्रो हाफमा पाएको एकमात्र अवसरलाई पनि सुशान्त चौधरी खेर फालेपछि दाबेदार आर्मी सेमिफाइनलबाटै बाहिरिएको हो ।

दोस्रो हाफमा आर्मीलाई दबाबमा राखेको चर्च ब्वाइजका विदेशी खेलाडी फ्रेकलिंक ताल्ला म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार पाए ।

यसअघि हिजो (बुधबार) भएको पहिलो सेमिफाइनलमा ए डिभिजन क्लब मछिन्द्रलाई ३-१ गोल अन्तरले पराजित गर्दै सगरमाथाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यी दुई टिमबीचको उपाधि भिडन्त आगामी शनिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित : चैत्र ९, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?