कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुष्मालाई फाउन्डेसनको सम्मान

काठमाडौँ — तीन दिनअघि थाइल्यान्डको बैंककमा भएको एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले सम्मान गरेको छ । सोमबार आयोजित कार्यक्रममा फाउन्डेसनका कोषाध्यक्ष सपना गुरुङ र राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा निर्देशक विभागका प्रमुख प्रचण्ड शर्माले नगद २५ हजारसहित पुरस्कृत गरे ।

सुष्मालाई फाउन्डेसनको सम्मान

४४ देखि ४८ केजीमा भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै फाइनल पुगेकी सुष्मा शुक्रबार फाइनलमा उज्वेकिस्तानकी खेलाडीसँग पराजित भएकी थिइन् । सुष्माले यस्तो खाले सम्मानले ऊर्जा थप्ने उल्लेख गर्दै भनिन्, ‘यो मेरो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो, यसअघिका प्रतियोगिताले अनुभव दिलाउँदा फाइनल पुग्न सजिलो भयो । फाइनलमा पराजित भएर पनि मैले धेरै सिकेको छु ।’

पूर्वपौडी खेलाडी शिरीष गुरुङको नाममा रहेको शिरीष फाउन्डेसनले सुष्मालाई भदौ १ गतेदेखि छात्रवृत्ति प्रदान गरी नगदसहित खेल सामग्री, खेल पोसाक प्रदान गर्दै आएको थियो । सुष्माले पदक जितेमा सम्मान गर्ने भनेर यसअघि नै उद्घोष गरेकाले सोहीअनुरूपको सम्मान गरिएको फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जनाए । सुष्माले थाइल्यान्डमा जितेको पदक नेपाल बक्सिङ संघको इतिहासकै कोसेढुंगाका रूपमा रहेको छ ।

सोही अवसरमा सुष्माका स्थानीय प्रशिक्षक नवीन तण्डुकारलाई पनि सम्मान गरिएको थियो । फाउन्डेसनमा रहेका विभिन्न खेलका पूर्वप्रशिक्षक र राखेपका तालिम तथा प्रशिक्षण विभागका पूर्वनिर्देशकहरू विश्वप्रकाश थापा, सुशीलनरसिंह राणा, कपिलकिशोर श्रेष्ठ, प्रचण्ड शर्मा, संगीना वैद्य सम्मिलित छनोट समितिले छात्रवृत्तिका लागि सुष्माको नाम सिफारिस गरेको थियो ।

प्रकाशित : माघ १६, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?