विराटनगरद्वारा भैरहवा पराजित

सुबास हुमागाईं

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर वारियर्सले लगातार चौथो जित दर्ता गरेको छ । अर्को अपराजित टोली भैरहवा ग्लाडीयटर्सलाई ३५ रनले पराजित गर्दै विराटनगर शीर्षस्थानमा कायम रह्यो ।

पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन जोडेको थियो । अन्सुमन रथले ५७ रन जोड्दा बाबर हायातले ३६ रनको योगदान दिए । भैरहवाका हरिशंकर साहले ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले १९ औं ओभरमा अल आउट हुनुअघि १ सय १४ रनमात्र जोड्न सक्यो । प्रदीप ऐरी र हरिशंकर साहले समान १८ रनको योगदान दिएका थिए । विराटनगरका अभिनाश कर्णले ४ र वसन्त रेग्मीले ३ विकेट हात पारे ।

दिनको दोस्रो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सको सामना गर्दैछ ।

प्रकाशित : पुस ८, २०७४ १२:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लिभरपुल र आर्सनलको ३-३ को बराबरी

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार आर्सनल र लिभरपुलको खेल ३-३ को बराबरीमा सकिएको छ । लिभरपुलले फिलिप कोउटिन्हो र मोहमद सलाहको गोलमा २-० को अग्रता लिएपनि आर्सनलले पुनरागमन गर्‍यो ।

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार आर्सनल र लिभरपुलको खेल ३-३ को बराबरीमा सकिएको छ। लिभरपुलले फिलिप कोउटिन्हो र मोहमद सलाहको गोलमा २-० को अग्रता लिएपनि आर्सनलले पुनरागमन गर्‍यो।

एलेक्सीस सान्चेज, ग्रानिट झाका र मेसुट ओजीलले आठ मिनेटको अन्तरमा ३ गोल गरेपछि अार्सनलले अग्रता लियो। रोबर्टो फिर्मीनोले ७१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

बराबरीसँगै लिभरपुल चौथो र आर्सनल पाँचौ स्थानमा यथावत छन्।

प्रकाशित : पुस ८, २०७४ ११:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT