कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले १० दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन् । 

सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान

प्रदेश प्रमुख मियाँले शुक्रबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई आगामी वैशाख २ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यसअघि संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएकाले बहुमत नपुग्ने अवस्था भएपछि बिहीबार राजीनामा दिएका थिए ।


प्रकाशित : चैत्र २३, २०८० १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?