ट्याक्टर दुर्घटनामा एकको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

मनोज बडू

दार्चुला — ब्यास गाउँपालिका–५ धौलाकोट नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ब्यास गाउँपालिका सुन्सेराबाट हिकिलातर्फ आउने क्रममा शुक्रबार राति ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरीका अनुसार म १ त १११८ नम्बरको ट्याक्टर दुर्घटनामा दुहु गाउँपालिका–२ हिकिलाका ४३ वर्षीय लोकेन्द्रसिंह बडालको मृत्यु भएको हो । शुक्रबार राति करिब साढे ९ बजेतिर ट्याक्टर दुर्घटना भएको स्थानीयले बताएका छन् ।

ट्याक्टर दार्चुला–तिंकर सडक खण्डबाट करिब ७ मिटर तल खसेको छ । ट्याक्टर मालिकसमेत रहेका बडाल आफैंले चलाउँदा शुक्रबार राति ट्याक्टर दुर्घटनामा परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २३, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्

दार्चुलामा माटोको ढिस्कोमा पुरिएर दुई महिला घाइते

मनोज बडू

दार्चुला — लेकम गाउँपालिका–५ मा माटोमा ढिस्कोमा पुरिएर दुई जना महिला घाइते भएका छन् । माटो खस्ने क्रममा शनिबार दिउँसो माटोको ढिस्कोले पुरिएर एक महिला भने गम्भीर घाइते भएकी छन् ।

लेकम गाउँपालिका–५ मैखोली अम्कुरका ईश्वरी जोशी र माहाना जोशी घाइते भएका लेकम गाउँपालिका–२ का वडाध्यक्ष शिवराज जोशीले बताए ।

दुइवटै जनालाई तत्काल स्थानीयले उद्धार गरी घाइतेमध्ये ईश्वरीलाई एम्बुलेन्सबाट उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको उनले जानकारी दिए । माहानाको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

प्रकाशित : पुस १६, २०७९ १८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×