१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

एमाले हुम्लाको अध्यक्षमा बुमी निर्वाचित

हुम्ला — नेकपा एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित हुनु भएको छ । नेकपा एमाले हुम्लाको १० औं जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनावी प्रक्रियाबाट बुमी अध्यक्षमा निर्वाचित भएका हुन् । 

एमाले हुम्लाको अध्यक्षमा बुमी निर्वाचित

सर्वसम्मत नेतृत्वको लागि नेकपा एमाले जिल्लाका उच्चस्तरिय नेताहरुले २ दिनसम्म छलफल गरेपनि सहमति नभएपछि अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो ।

गए राति नै मतगणना गरी अध्यक्षमा बुमी, उपाध्यक्ष प्रकाशबहादुर शाही, सचिवमा तीर्थराज बोहरा, खुला उपसचिवमा प्रदीप लामा र महिला उपसचिवमा मञ्जु रावल निर्वाचित भएका हुन् । यसैगरी पदाधिकारीसहित खुला र अन्य समावेशी गरी ८५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको नेकपा एमाले हुम्लाको १० औं जिल्ला अधिवेशन निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले बताए ।

आइतबार साँझ ५ बजेबाट मतदान भएर राति नै मतगणना गरिएको थियो । जिल्ला नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए । जसमा अध्यक्षमा बुमीले १ सय २४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी डबल रावतले १ एक सय १९ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा निर्वाचित प्रकाशबहादुर शाहीले १ सय ६२ मत पाउँदा उनका प्रतिस्पर्धी उब्जन मल्लले ८० मत पाए । सचिव पदमा तीर्थराज बोहरा १ सय ३९ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी गोकुल बुढाले १ सय ३ मत प्राप्त गरे । खुल्ला उपसचिवमा प्रदिप लामाले १ सय ३३ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी बुध भण्डारी १ सय १ मत प्राप्त गरे ।

यस्तै महिला उपसचिवमा मञ्जु रावलले १ सय ३४ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी बिमला कुमारी शाहीले ९५ मत प्राप्त गरिन् ।

प्रकाशित : वैशाख ३, २०८१ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?