कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुमतिबिनै पहरामा पिङ 

महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका–१ खलंगाको सल्लेमा प्राविधिक जाँच र अनुमतिबिना नै पिङ निर्माण गरिएको छ । सानीभेरी गाउँपालिकाका इन्द्रबहादुर खड्काले उक्त पुल निर्माण गरेका हुन् ।

अनुमतिबिनै पहरामा पिङ 

साढे १ वर्षअघि खलंगा र सल्लेलाई जोड्न झोलुंगे पुलको निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा घुम्नेहरूको चहलपहल बढ्न थालेको कुरालाई ध्यान दिँदै पुल नजिकै पिङ स्थापना गरिएको हो ।

करिब १२ लाख रुपैयाँ लगानी गरेर पिङ स्थापना गरेको बताउँदै खड्काले आफूले पिङ बनाउँदा कुनै पनि प्रकारको प्राविधिक इस्टिमेट र परीक्षण नगरेको बताएका छन् । उनले भने, ‘मैले विभिन्न ठाउामा बनाएका यस्ता पिङ हेरेर स्थानीय कामदार लगाएर बनाएको हुा । मलाई यसमा छोराले सहयोग गरेको छ । यसबाहेक मैले कतैबाट छुट्टै प्राविधिक जााचपास भने गराएको छैन ।’

सल्ले विमानस्थलभन्दा तलपट्टिको चट्टानी पहरामा फलामको स्ट्यान्ड गाडेर पाइप र पलास्टिकको डोरीको सहारामा पिङ बनाइएको छ । साहसिक खेलअन्तर्गत पर्ने भएकाले पर्यटन बोर्डबाट स्वीकृति लिएर मात्रै सञ्चालन गर्नुपर्ने प्रवधान रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त बताउँछन् ।

‘पर्यटन वोर्डको प्राविधिक टोली आएर स्थालगत अध्ययन गरेर प्रतिवेदन तयार गरेर मात्रै सञ्चालनका लागि अनुमति दिने व्यवस्था छ । अनुमति नलिई पिङ सञ्चालन गर्न दिइादैन,’ उनले भने ।

पिङ सञ्चालनबारे नगरपालिकामा कुनै पनि जानकारी नआएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताए ।

प्रकाशित : चैत्र १, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?