सुर्खेतको भेरीगंगा नगरपालिकाले दीर्घरोगीलाई मासिक २ हजार दिने- कर्णाली - कान्तिपुर समाचार

सुर्खेतको भेरीगंगा नगरपालिकाले दीर्घरोगीलाई मासिक २ हजार दिने

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको भेरीगंगा नगरपालिकाले दीर्घरोगीलाई मासिक २ हजार दिने भएको छ ।

पालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, प्यारालाइसिस भएका बिरामीहरुलाई उपचार खर्च स्वरुप मासिक दुई हजार दिने निर्णय गरेको छ ।

उक्त रोग भएका पीडितहरुले रकम प्राप्त गर्नलाई चिकित्सकको सिफारिस, वडा कार्यालयको सिफारिस, नागरिताको प्रमाण पत्रको प्रतिलिपि तथा अन्य रोग प्रमाणित गर्ने आवश्यक कागजातसहित नगरपालिकामा सम्पर्क गर्नुपर्ने नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए ।

प्रकाशित : माघ १४, २०७९ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्

सुर्खेतको पन्चपुरीका लेखा अधिकृतसहित ४ जनाविरूद्व भ्रष्टाचार मुद्दा

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृतसहित ४ जनाविरूद्व भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत मोहनबहादुर बुढासहित होटल सञ्चालक र अन्य २ जना कर्मचारीले कसुर गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल राम्जाली, नगरपालिकाका अधिकृत छैठौं लालबहादुर सुवेदी, शिक्षा शाखा अधिकृत तुलसी केसीले लेखा अधिकृतलाई किर्ते बिल बनाउन सहयोग गरेको आरोप छ । उनीहरुविरुद्ध दुई लाख ६२ हजार ५०२ रुपैयाँ बिगो, जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।


प्रकाशित : माघ ११, २०७९ १७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×