कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.८६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सशस्त्र प्रहरीद्वारा १ सय १५ बोरा अवैध प्याज बरामद

तिलोत्तमा — सशस्त्र प्रहरी बल रुपन्देहीले १ सय १५ बोरा अवैध प्याज बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको गाडी मोबाईल टोलीले ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरबाट अन्दाजी ५ हजार ७ सय ५० केजी प्याज बरामद गरेको हो ।

सशस्त्र प्रहरीद्वारा १ सय १५ बोरा अवैध प्याज बरामद

भारतबाट अवैध रुपमा नेपाल ल्याइ जस्ताले छाएको टहरामा गोदाम गरी राखेको अवस्थामा २ लाख ३० हजार रुपैयाँ बराबरको प्याज बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीकाअनुसार बरामद गरिएको प्याज गुल्ममा ल्याइ राखिएको र भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको छ ।

प्रकाशित : असार २, २०८१ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x