कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

गुल्मीका तीर्थयात्रीको कागबेनीमा मृत्यु

गगनशिला खड्का

गुल्मी — मुस्ताङको कागबेनी तीर्थका लागि पुगेका गुल्मीका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । मालिका गाउँपालिका-७ घमिरका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको निधन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर बीकले बताए । 

गुल्मीबाट तीर्थयात्रा गएका लम्साल आइतबार बिहान कागबेनी धाममा स्नान गर्ने क्रममा बेहोस भएको र कागबेनी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि मुस्ताङ जिल्ला अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको उनले बताए । मृतक लम्साल गुल्मीको घमिरबाट आफन्तहरुसँगै कागबेनी स्नान र पितृहरुको पिण्डदानका लागि गएको आफन्तहरुले बताएका छन् ।


प्रकाशित : चैत्र २६, २०८० १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?