कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

काठमाडौंबाट गाउँ फर्किँदै गरेका युवा मृत फेला

काशीराम डाँगी

रोल्पा — रोल्पामा एक युवा मृत अवस्थामा फेला परेका छन् । प्रहरीले सदरमुकाम लिबाङ नजिकैको धाङ्सी खोलामा पानीमा डुबेको अवस्थामा युवाको शव आइतबार फेला परेको जनाएको छ ।

आइतबार बिहान खोलामा शव देखिएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवीराम भण्डारीको नेतृत्वमा पुगेको ७ जनाको प्रहरी टोलीले लिबाङ–धाङ्सी सडक खण्डमुनिको खोलाको बीच भागमा शव फेला पारेको थियो ।

शव फेला पारेपछि अनुसन्धान गर्दा उक्त शव रोल्पा नगरपालिका–१० धबाङका २९ वर्षीय मणीष पुनको भएको पहरीले जनाएको छ । प्रहरीले ती युवा अघिल्लो दिन काठमाडौंबाट लिबाङसम्म आएको र त्यसपछि घर पुग्ने क्रममा रिपाभिरबाट खसेको हुन सक्ने जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले बताए । घटनास्थल लिबाङदेखि ३ किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित : फाल्गुन २०, २०८० १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?