कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

कमल पन्थी

बर्दिया — राजापुरतर्फ गइरहेको बस र गुलरियातर्फ आइरहेको मोटरसाइकल आपसमा ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ । भे १ ख २२५४ नम्बरको बस र भे ४ प ५६४७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा पछाडि बसेकी ठाकुरबाबा नगरपालिका ९ कि २६ वर्षीया सरिता थारुको मृत्यु भएको बर्दिया जिल्ला ट्राफिक प्रमुख ईश्वरी देवकोटाले जनाए ।

सख्त घाइते भएकी थारुलाई उपचारका लागि अस्पताल लगिएकोमा अस्पतालमै उनको मृत्यु भएको उनले बताए । प्रहरीले बस चालक तेजमान थारु र बसलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

उक्त घटना सदरमुकाम गुलरियाबाट करिब १६ किमि पश्चिम मधुवन नगरपालिका ८ नम्बर चोकस्थित हुलाकी सडकमा भएको हो ।


प्रकाशित : चैत्र १६, २०७९ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?