कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्ववियु चुनावको माग गर्दै देवकोटा क्याम्पसका विद्यार्थी आन्दोलित

नवीन पौडेल

परासी — स्ववियु निर्वाचनको माग गर्दै पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा क्याम्पसमा विद्यार्थीहरुले नाराबाजीसहित क्याम्पस प्रमुखको पुत्ला दहन गरेका छन् ।

स्ववियु निर्वाचनको माग गरेपनि क्याम्पस प्रशासनले अनुमती नदिएपछि नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीले संयुक्त रुपमा क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको अनेरास्ववियु देवकोटा क्याम्पसका इकाइ अध्यक्ष बिनब भण्डारीले बताए ।

फागुन २७ गते क्याम्पसका सबै प्रशासकीय शाखाहरुमा विद्यार्थीले तालाबन्दी गरेका थिए । ताला खुलाउने विषयमा क्याम्पस र विद्यार्थी संगठनबीच पटक पटक भएको वार्ता पनि निष्कर्षविहीन बनेको छ ।

स्ववियु निर्वाचन नगराइ आगामी क्याम्पस सभामा विद्यार्थी परिषद्का केही बुदाँहरुमा लचकता अपनाएर परिमार्जन गरी विद्यार्थी परिषद्लाई नै निरन्तरता दिने पक्षमा क्याम्पस प्रशासन छ भने जसरी पनि स्ववियु निर्वाचन हुनु पर्ने विद्यार्थी संगठनको अडान छ । क्याम्पसमा अनेरास्वियु, नेविसंघ र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए ।

प्रकाशित : चैत्र ५, २०७९ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?