२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नहरमा बेपत्ता महिला र २ छोराको शव फेला  

नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा डुबेर तीन जनाको मृत्यु भएको छ । 

नहरमा बेपत्ता महिला र २ छोराको शव फेला  

स्थानीय तीर्थराम थारुकी २९ वर्षीया श्रीमती प्रतिमा थारु र छोराहरू ९ वर्षीय कृष र ७ वर्षीय सुमितको शव भेटिएको हो ।

उनीहरू नहरमा हाम फालेको आशंका गरिए पनि पुष्टि भने भएको छैन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार कुर्ता सलवारले दुई छोरालाई कम्मरमा बाँधेको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित : फाल्गुन ९, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?